दमकमा भजनकिर्तन मण्डलीलाई पनि वाद्यवादनमा दक्ष बनाइँदै

दमक, फागुन ७
कोशी प्रदेशका जुनसुकै पालिकामा पनि टोल टोलमा भजन किर्तन समूह बढेका छन् । भजन किर्तन गरेर शान्तिको महसुस गर्दै मन आनन्दित गराउने यो मेसोमा वाद्यवादनको पनि महत्व बढ्दै छ । यस हिसावले झापाको दमक ८ नम्बर वडाले भजन किर्तन मण्डलीकालागि वाद्यवादन तालिमकै आयोजना गरेको छ ।

 

२ महिने निःशुल्क तालिमको उद्घाटनका अवसरमा बोल्दै नगर प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले वडामा भजन किर्तनको संस्कृति संरक्षणमा टेवा पुर्याउँदै कला क्षेत्रको ज्ञान हाँसिल गराउने हिसावको कार्यक्रम रहेको बताउनु भयो । उहाँले भजन गाउँदै मनमा आनन्द लिँदा त्यसले स्वास्थ्यमा समेत फाइदा पुर्याउने र समाजलाई जोड्ने काममा मद्धत पुग्ने पनि विचार व्यक्त गर्नुभयो ।

 

वडामा रहेकामध्ये सम्पर्कमा आएका १२ वटा किर्तनमण्डलीकालागि मादल, हार्मोनियमसहितका वाद्यवादन बजाउने निःशुल्क तालिम अघि सारिएको हो । वडाले सहभागिमध्ये ५ वटा समूहलाई तालिम समापनसँगै एक एक थान हार्मोनियम वितरण गर्ने योजना बनाएको छ । यसखाले तालिम लिएपछि बढी मात्रामा अभ्यासकै जरुरत पर्ने तालिमका सहजकर्ता विहानी कला केन्द्र दमक शाखाका सञ्चालक हेमन्त रिजालले उल्लेख गर्नुभयो ।

 

सो अवसरमा वडाले भजन किर्तन मण्डलीको सूचीकरण प्रमाणपत्र समेत वितरण गरेर समूहलाई संस्थागत र वडासँगको सहकार्यमा जोडेको छ । सृजना क्षेत्रसँग जोडिएको यसखाले गतिविधिप्रति खुसी लागेको सहभागिमध्येकी शुभद्रा कोइरालाको प्रतिक्रिया छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल