विरहीको ‘उपद्रष्ट्रा हर्कमान तामाङ’ पुस्तक लोकार्पण

पथरी, फागुन ७
बेलबारी बहुमुखी क्याम्पसमा अनुसन्धान अक्षयकोष निर्माणार्थ पत्रकार एवम् लेखक केशु विरहीद्वारा लिखित ’उपद्रष्ट्रा हर्कमान तामाङ’ पुस्तक बुधबार बेलबारीमा लोकार्पण गरिएको छ ।

 

बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एण्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह – आयोजनामा कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले पुस्तक लोकार्पण गर्नु भएको हो ।

 

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, उप –प्रमुख नितु थापा कोइराला, पूर्व सांसद हर्कमान तामाङ , विनोद ढकाल, साहित्यकार मिश्र वैजयन्ती, भाषाविद अमृतप्रसाद आचार्य, समीक्षक डा. दिपक न्यौपाने, अनुवादक तथा साहित्यकार छवि विरहीसहित विभिन्न साहित्यिक, शैक्षिक अभियन्ता तथा राजनैतिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । गत वर्ष बेलबारीमा साहित्य विकासका लागि १५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।

 

पुस्तकहरू खोज तथा अनुसन्धान गरी प्रकाशित गर्नु भएका कृतिकार केशु विरहीले यस पटक बेलबारी क्षेत्रका शैक्षिक तथा राजनैतिक व्यक्तित्व हर्कमान तामाङको योगदान बारे खोज अनुसन्धान गरी प्रकाशित गर्नुभयो । पुस्तक बिक्रीबाट भएको ५० प्रतिशत रकम बेलबारी बहुमुखी क्याम्पसमा अनुसन्धान अक्षयकोष निर्माणार्थ खर्च गरिने उद्देश्य राखिएको छ ।

 

यसैगरी, बेलबारी साहित्यको विकासमा भाषाविद अमृत प्रसाद आचार्यले कृतिकार विरहीले निरन्तर खोज र अनुसन्धान गरेर विशिष्ट योगदान दिएको बताउनु भयो । बेलबारी क्षेत्रमा शैक्षिक, राजनीति, साहित्य विकासका लागि शैक्षिक अभियान्ता हर्कमान तामाङको विशिष्ट योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा बेलबारी क्याम्पस प्रमुख उपेन्द्रप्रसाद कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल