केपी ओली कप हेर्न विश्वकै उत्कृष्ठ गोलकिपर नेपाल आउँदै

दमक, फागुन ९
फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन केपी ओली कप फुटबल प्रतियोगिता हेर्न नेपाल आउने हुनु भएकोे छ ।

 

इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन यही फागुन ११ देखि १९ गतेसम्म हुने तेस्रो संस्करणको फाइनल खेल दौरानमा काठमाडौं आउने प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बताउनु भयो । उहाँले बफोनसँग सम्झौता भइसकेको पनि जनाउनु भयो ।

 

बफोनअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरेपनि ती खेलाडी नआउने भएपछि बफोनलाई ल्याउन लागिएको संघका सचिव निरोज पौडेलले उल्लेख गर्नुभयो ।

 

बफोन नेपाल आएमा विश्व फुटबलकै ठूला खेलाडीको पहिलो पटक नेपाल आगमन्‌को रेकर्ड रहने जनाइएको छ । बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेल्नु भएको थियो । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेर सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपरका रुपमा पहिचान बनाउनु भएको छ । उहाँले इटलीका लागि ८० खेलमा कप्तानी समेत गर्नुभएको छ ।

 

केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशीसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा