बोकेदाह्री, सिद्धान्त र कदम थिएटरबाट स्मारिका उत्सव तात्यो

दमक, फागुन १२
झापाको कमल गाउँपालिका ५ पाडाजुँगीस्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुल । जसले वर्षभरिमा विद्यार्थीले सिकेका व्यवहारिक ज्ञानलाई आफ्‌नो १५ औं वार्षिकोत्सवका अवसरमा प्रस्तुत गरेर सबैको मन जित्न सफल भएको अवस्थामा बोकेदाह्री नामले चर्चित गायक श्रीकृष्ण लुइटेल र दमकको कदम थिएटरका प्रस्तुतिले शनिबार साँझको माहोल अझ तात्न पुग्यो ।

 

शनिबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गर्दै विद्यार्थीहरुले तयार पारेका प्राविधिक बस्तुहरुको अवलोकनमा रमाउनु भएपछि साँझ सांगीतिक र नाट्य प्रस्तुति अघि बढाइएको थियो ।

 

कार्यक्रममा गायक लुईटेलले आफ्‌ना चर्चित गीत ए बा किन्देउन भटभटेसहित गाएर दर्शक स्रोतालाई रमाइलो वातावरण सृजना गर्नुभयो । कार्यक्रममा सिद्धान्त खड्काले समेत आफ्‌नो गीत प्रस्तुत गरेर दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गर्नुभयो ।

 

कदमका नविन रिजालको निर्र्र्देशनमा ‘द मेज’ नामक मोवाइल फोनको दुर्व्यसन विरुद्धको सन्देशमूलक नाटक प्रस्तुत गरेर विद्यार्थीलाई मोवाइलकोे गलत प्रयोगबाट बच्ने सन्देश दिएका थिए । विद्यार्थीहरुले समेत नृत्यसहितका सांस्कृतिक प्रस्तुति दिएका थिए ।

https://www.facebook.com/share/v/19v6639923/

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय