प्याराडाइज बोर्डिङको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी, फागुन १७
मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ मा अवस्थित प्याराडाइज इङ्ग्‌िलस बोर्डिङ स्कुलले आफ्नो २१औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

 

विद्यालयले वार्षिक उत्सव विभिन्न सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणका साथ मनाएको हो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन, नाटक तथा विविध प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

 

पथरी शनिश्चरे ९ का वडा अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा वडा सदस्यद्वय जङ्गबहादुर कार्की र कृष्णमाया नेपाली, विद्यालय व्यवस्थापन समितिका संस्थापक छविन्द्रमानसिंह कार्की, टेकबहादुर मगर, तुला बरालसहितको आतिथ्यता रहेको थियो । प्रमुख अतिथि राईले पनि विद्यालयको शैक्षिक उन्नयन तथा प्रगतिको खुलेर चर्चा गर्नुभएको थियो ।

 

विद्यालयका विद्यार्थीहरूले विविध नृत्य, गीत, नाटक प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाए । विशेष गरी “जुनी काट्नै छ“, “भनन मात्र म गरिरहन्छु“, “तारा बाजी लै लै, मेरो किताब खोइ“ जस्ता प्रस्तुतिहरूले दर्शकहरूको मन जितेको थियो । सो अवसरमा “आँखैमा राख्छु मेरो देश“ भन्ने राष्ट्रभाव ओतप्रोत गीतमा शिक्षिकाहरूको सुन्दर नृत्यले सम्पूर्ण अतिथि तथा अभिभावकहरूलाई थप आकर्षित गर्यो । विद्यालयले विभिन्न कक्षा तथा विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरिएको विद्यालयका निर्देशक सुरेन्द्र लिम्बूले जनाउनु भयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक