स्ववियुको फागुन २७ मा मनोनयन दर्ता र चैत ५ मा निर्वाचन

दमक, फागुन २०
त्रिभुवन विश्वविद्यालयमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि फागुन २७ गते मनोनयन दर्ता हुने भएको छ ।

 

यसअघि त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका थिए । हिजोबाट सुरु भएको दर्ताको प्रक्रिया आज समेत जारी छ ।

 

सोमबार साँझसम्म अनेरास्ववियुको तर्फबाट देशभरका ३५२ र नेपाली विद्यार्थी संघको ३१० क्याम्पसमा सङ्गठन दर्ता भएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता हुने जनाउनु भयो ।

 

मतदानको समय चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । जसअनुसार देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने छ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीको प्रावधान बनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक