पथरी शनिश्चरेमा पहिलो पटक संगिनी महोत्सव

पथरी, फागुन २३
उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक संगिनी महोत्सव हुने भएको छ ।

 

वडा नम्बर ३ को महिला जागरुक हरिकिर्तन समूहले शनिबार (भोलि) प्रथम संगिनी महोत्सवको आयोेजना गरेको संगिनी संरक्षणमा लागेका युवा अर्जुन काफ्‌लेले जनाउनु भयो । १० वटा समूह महोत्सवमा सहभागि भइ आफ्‌ना प्रस्तुति दिने, संगिनी बारे बहस उठानका रुपमा पत्रकार एवम् साहित्यकार भूपेन्द्रराज तिम्सिनाले अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकोे छ । कार्यक्रम पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता रहने छ ।

 

संगिनी संरक्षण र पुस्ताहस्तान्तरणको हुटहुटीमा विगत ५ वर्षदेखि पथरी शनिश्चरे ३ शान्ति टोलका महिला समुदाय प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेर लागिपरेको अवस्था अझ उदाहरणीय बन्ने हिसावले यसखाले ऐतिहासिक काम अघि बढेको छ । यो नेपालकै सम्भवत पहिलो संगिनी महोेत्सव हो ।

 

२०६२ माघ १८ गते भजन किर्तन गर्न धार्मिक कार्यमा सघाउन रेणुकादेवी काफ्‌ले अध्यक्ष रहेर स्थापना भएको महिला जागरुक हरिकिर्तन समूह २०७६ बाट संङ्गिनी नाचको संरक्षणमा जुट्न थाल्यो । २०८० साउन ३० गते दर्ता नम्बर ४६ मा पथरीशनिश्चरे नगरमा बिधिवत दर्ता भएर कार्य गर्दै आएको छ । अर्थात नगरमा पहिलो पटक संगिनी समूह दर्ता भएको छ । देवीमाया पोख्रेलको नेतृत्वमा महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहका रुपमा प्रत्येक हप्ताको मंगलबार साँझ संगिनी प्रशिक्षण कार्यक्रम चलाएर युवा पुस्तालाई यसको संरक्षणमा झकझकाएको अवस्था छ । संगिनी संरक्षणमा आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्ने मात्र होइन नजिकका विद्यालयमा गई विद्यार्थीलाई पनि संगिनीको महत्व बुझाएर समूह मौलिक संस्कृति संरक्षणको जाँगरिलो उदाहरण बनेको छ ।

समूहले यसअघि यसै वर्ष संगिनी प्रतियोगिताको आयोजना गरेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय