पथरी, फागुन २५
मोरङको पथरी शनिश्चरेको एकमात्र सामुदायिक क्याम्पस पथरी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पूर्व नगर प्रमुख दीलिपकुमार राई निर्वाचित बन्नु भएको छ ।
नेकपा एमालेकातर्फबाट उम्मेदवार राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको प्यानलबाट खडा हुनु भएका अध्यक्षका उम्मेदवार माधव कोइरालाई पराजित गरी आफू निर्वाचित बन्नु भएको हो । मतदान भएको २८८ मतमध्ये राईले १४५ र कोइरालाले १३७ मत प्राप्त गर्नुभएको छ ।
मुख्य दुई प्यानलबीचको प्रतिष्पर्धामा मिश्रित परिणाम आएको छ । जसको सदस्यमा ७ जनाकालागि परेको १२ जनाको उम्मेदवारीबाट देवराज भण्डारी, उपेन्द्र कँडेल, उमानाथ अधिकारी, खेमनाथ ढुंगेल, तुलसीराम ढकाल, प्रेम ढकाल र बुद्धिनाथ अधिकारी निर्वाचित बन्नु भयो । ५ जना उम्मेदवारमध्ये ३ जना महिला सदस्यमा दुर्गादेवी दंगाल, अरुणा राई र विन्दादेवी राई निर्वाचित हुनु भयो ।
लेखा संयोजकमा ११५ मत ल्याउनु भएका मिनबहादुर ठकुरीलाई पराजित गर्दै १४१ मत ल्याएर मोहनकुमार श्रेष्ठ विजयी बन्नु भयो । २ जना लेखा सदस्यकालागि ४ जनामध्येबाट सुरेश न्यौपाने र राजकुमार विश्वकर्मा निर्वाचित बन्नु भएको निर्वाचन समितिले जनाएको छ ।










