दमक, चैत १
भारतको असममा रहेर नेपालीभाषा साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका सर्जक लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ ।
‘ब्रह्मपुत्रको किनारमा’ पुस्तककालागि भारको साहित्य एकेडेमी अवार्डबाट सम्मानित हुनु भएका उहाँ चर्चित ‘बसाईं’ उपन्यासका सर्जक समेत हुनुहुन्छ । बसाईं समाजको सामन्ती र तथाकथित उच्च वर्गको शोषणका कारण पीडित गरिब गाउँलेहरूको कथा हो । यसलाई त्रिभुवन विश्वविद्यालय, नेपालको पाठ्यक्रममा समावेश गरिएको छ ।
सन् २०१६ मा उहाँलाई नेपाली साहित्य र भाषामा पुर्याएको योगदानका लागि जगदम्बा श्री पुरस्कारबाट सम्मानित गरिएको थियो । २०२० मा, भारत सरकारले उनलाई साहित्य र शिक्षामा योगदानको लागि भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री प्रदान गर्यो ।
उहाँको जन्म सन् १९९३ मार्च १ मा भएको थियो ।









