बुद्धिचाल प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल च्याम्पियन

पथरी, चैत ३
नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमिति मोरङको आयोजनामा भएको ‘प्रथम अन्तर स्कुल टिम बुद्धिचाल प्रतियोगिता २०८१’को उपाधि एभरेष्ट इङ्गिलस बोर्डिङ स्कुलले जितेको छ ।

प्रतियोगिताभर ९ राउण्डको खेलमा एभरेष्टका विद्यार्थीहरुले १७ अंक ल्याएर नगरको च्याम्पियन भएको हो । त्यसैगरी १४ अंक ल्याएर मोरङ मेरिगोल्ड अंग्रेजी हाई स्कुल दोस्रो र १३ अंक ल्याएर बाल जानगरण विद्या मन्दिर प्रतियोगिताको तेस्रो पुरस्कार जितेको छ ।

 

खेल विजेता एभरेष्ट स्कुलको तर्फबाट सेम्रिल राई, आयुस लिम्बू र सिद्धान्त कन्दङ्वाले खेलेका थिए । दोस्रो हुने मोरङ मेरिगोल्डबाट कृष्टि राई, श्रीजन श्रेष्ठ, अनुराग उप्रेती, तेस्रो बाल जागरणबाट आभाष कार्की, सयुध कार्की र स्नेह राईले खेल्नु भएको थियो ।

 

विजेता स्कुल र खेलाडीहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो, नेपाल बुद्धिचाल संघ प्रदेश समिति सदस्य रामकुमार मादेन, सिंहबाहिनी माविका प्रधानाध्यापक उमेश खड्का, भूपू सैनिक अंग्रेजी स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेल, दुर्गा माविका प्रधानाध्यापक निलम बस्नेत, फ्रेण्डसीप चेस क्लवका अध्यक्ष अमीर राई, एभरेष्ट बोर्डिङ स्कुलका दिनेश कन्दङ्वा लगायतको हातबाट ट्रफि, मेडल, प्रमाणपत्र र सहभागी विद्यालयका खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेलभर उत्कृष्ट प्रदर्शन गर्ने मावि र आधारभूत दुवै तहमा एभरेष्ट स्कुलका आयुस लिम्बू र सिद्धान्त कन्दङ्वा, महिलातर्फ मोरङ मेरिगोल्डकी कृष्टि राईलाई आकर्षक ट्रफि प्रदान गरिएको थियो । आयुसले ८, सिद्धान्तले ८.५ र मोरङ मेरिगोल्डकी कृष्टिले व्यक्तिगत ९ अंक जोड्नु भएको थियो ।

 

कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले आयोजक र विजेता खेलाडीहरुलाई बधाई शुभकामना दिदै खेलकुद विकासकालागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा बुद्धिचाल संघ प्रदेश समिति सदस्य रामकुमार मादेन, सिंहबाहिनी माविका प्रअ उमेश खड्का, भूपू सैनिक स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

बुद्धिचाल खेलको विकास र खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजित प्रतियोगितामा पथरीशनिश्चरे नगरका १० वटा विद्यालय प्रतियोगितामा सहभागी रहेका थिए । हरेक विद्यालयबाट कम्तिमा एक जना महिलासहित ३/३ जना खेलाडी सहभागी गराइएको आयोजक नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिका अध्यक्ष डम्बर बाछना राईले बताउनु भयो ।

 

स्वीस लिगको नियममा खेलाइएको प्रतियोगिताको हरेक राउण्डमा ३ मध्ये २ जनाले जितेमा स्कुलले २ अंक जोडिन्थो । प्रतियोगितामा एभरेष्ट, मोरङ मेरिगोल्ड, बाल जागरणक, किर्तिपुर एकेडेमी, सिंहबाहिनी मावि, वाल्मीकि मेमोरियल बोर्डिङ स्कुल, भूपू सैनिक अंग्रेजी स्कुल, सुनाखरी मावि, दुर्गा मावि र बाल कल्याण मावि सहभागी रहेका थिए ।
संघले हेरक वर्ष यसैगरी प्रतियोगिता गराउने योजना रहेको अध्यक्ष राईले उल्लेख गर्नुभएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति