दमककी सृष्टिनाले जितिन् ‘वेष्ट मोडल’को उपाधि

दमक, चैत ३
पाँचौ एपिक नेपाल म्यूजिक अवार्ड २०८१ मा झापाको दमक निवासी सृष्टिना क्षेत्रीले वेष्ट मोडलको उपाधि जित्नु भएको छ ।

 

 

एपिक नेपाल म्यूजिक प्रालिले आयोजना गरेको प्रतियोगितामा उहाँले नृत्य मार्फत वेष्ट मोडलको अवार्ड प्राप्त गर्नु भएको हो ।
दमकको चुलाचुली अग्रेजी माद्यमिक विद्यालयबाट एसईई उतीर्ण गरी दमककै ग्लोवल एजुकेशनल एकेडेमीबाट प्लस टु सकेर स्नातक अध्ययनकालागि उहाँ काठमाडौ बस्दै आउनु भएको थियो ।

 

 

सानै उमेर देखि मोडलिङको क्षेत्रमा रुचि राख्ने क्षेत्रीले अहिलेसम्म एक दर्जन बढी म्यूजिक भिडियोमा मोडलिङ गरिसक्नु भएको छ । ४ वर्षदेखि निरन्तर मोडलिङ क्षेत्रमा लाग्नु भएकी उहाँले यही क्षेत्रमा आफ्‌नो भविष्य बनाउने योजनामा रहेको समेत बताउनु भयो ।

 

 

२३ वर्षीया क्षेत्री सहित सर्वोत्कृष्ट श्रष्टा, सर्जक र कलाकारहरुलाई अर्वाड प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा बरिष्ठ कलाकारमा बसुन्धरा भुषाल, बरिष्ठ संगीतकारमा सम्भुजित बास्कोटा, सदाबहार नायक भुवन केसी, पत्रकार ऋषि धमला, अभिनेता पूर्ण बिक्रम शाह (पल) रहनु भएको छ ।

 

 

कार्यक्रम भक्तपुरस्थित निगुपुखु पोखरीमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी लेखिका राधिका शाक्य रहनु भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल