मञ्जुल मितेरी एकल रचना वाचन

उर्लाबारीका साहित्यकारहरूले तताए बराहक्षेत्र

उर्लाबारी, चैत ३
सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरा साहित्यिक मञ्चको आयोजना र स्वर्णिम साहित्य समाजको सहआयोजनामा उर्लाबारीका प्रसिद्ध मूर्तिकार तथा साहित्यकार मञ्जुल मितेरीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

 

‘अग्रज कलमकर्मीहरूको सम्मान सिर्जनाहरूलाई फुलाउने हाम्रो अभियान’ नारासहित आयोजना गरिएको कार्यक्रममा उर्लाबारी क्षेत्रबाट गएका सर्जकहरुले माहोल तताउन महत्वपूर्ण भूमिका निर्वाह गरका थिए ।

 

कार्यक्रममा, मञ्जुल मितेरीका ‘फुलमति फूल’, ‘दमिनी फूल’, ‘पत्थरहरूको देश’, ‘कामी’, ‘साकुरा’, ‘लभ यु जिन्दगी’, ‘पसिनाको हुलिया’, ‘स्वीकार अस्वीकार’, ‘परिवर्तन’ आदि गरी जम्मा सोह्रवटा कविता प्रस्तुत भएका थिए । जसमा मितेरीले १३ वटा कविता वाचन गर्नुभएको थियो भने साजन कोइराला, पुष्पा बोगटी र सविना बानियाँले उहाँका एक–एक वटा कविता वाचन गर्नुभयो ।

 

कार्यक्रममा प्रमुख अतिथि सुनसरीबाट निर्वाचित कोशी प्रदेश सभा सदस्य ममता तामाङ मगरले मितेरीका कविताहरू परिवर्तनका संवाहक भएको प्रतिक्रिया दिनु भयो । प्रमुख वक्ता साहित्यकार मुकुन्द प्रयासले समाजमा विभेद अन्त्य गर्नका लागि उहिले उहिलेदेखि सरकारले अरबौँ रुपैयाँ खर्च गरेपनि अपेक्षाकृत परिवर्तन हुन नसकेको तथा परिवर्तनको वकालत दिवा सपना मात्रै भएको र मञ्जुलका कविता त्यही विकृतिका विरुद्ध तरबार रहेको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रमको अन्त्यमा मञ्जुललाई सम्मानपत्रले सम्मानित गरिएको थियो । मञ्जुलको अगुवाईमा जापानमा यो शताब्दीको विश्वको सबैभन्दा ठूलो ढुंगाको बुद्धको प्रतिमा बनाउने काम अघि बढाएर नेपालकालागि ऐतिहासिक नाम राख्नमा ६ जना नेपालका मूर्तिकार व्यस्त हुनुहुन्छ ।

 

बराहक्षेत्र नपा वडा नम्बर २ का वडाध्यक्ष होमप्रसाद गौतमले संस्थाको साहित्यिक गतिविधिप्रति सह्राहना गर्दै मितेरीलाई शुभकामना दिनु भयो ।
कार्यक्रममा झापा, मोरङ, पाँचथर, धनकुटा र सुनसरीका झण्डै छ दर्जन सर्जकहरू भेला भएका थिए । चतरा साहित्य समाजकी अध्यक्ष दीपा मग्राती ‘स्पन्दन’ को अध्यक्षता र वर्षा भण्डारीको उद्घोणमा सञ्चाल गरिएको कार्यक्रममा पूर्व अध्यक्ष प्रकाश दिप्सालीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

 

सो कार्यक्रममा उर्लाबारबिाट नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीकासाथमा रमेश भट्टराई, कृष्ण उदाशी, वविता घिमिरे, नवराज निरौला, रेवतीप्रसाद घिमिरे, रुमानी कुलुङ, युगयोगी राई, दधि अज्ञात, जितेन्द्र न्यौपाने, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष गगन योक्पाङ्देन, पाँचथरबाट राज माङ्लाक, शारदा गुरागाई, बालकवि सविना बानियाँ, पुष्पा बोगटी, अभियोग राई, बाल गायक राजेश परियार, मञ्जुलका पिता इन्द्र बराइली, मञ्जुलकी श्रीमती मूर्तिकार कौशिला राईसहितको उपस्थिती रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल