सन्दर्भ - स्ववियु निर्वाचन

दमक क्याम्पसमा नेवि संघकै दुई प्यानल, प्रतिष्पर्धामा अनेरास्ववियु र स्वतन्त्र ?

दमक, चैत ४
चैत ५ गते हुने स्ववियु निर्वाचनले देशभरका त्रिभूवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा माहोल तातेको छ ।

 

निर्वाचनको अन्तिम तयारी गरेर बसेका कतिपय क्याम्पसमा चुनावमा होमिएका विद्यार्थीहरुको समूहमा भने विवाद र समस्या देखिएको छ ।
यस्तै समस्या देखिएको छ दमकस्थित दमक बहुमुखी क्याम्पसमा पनि । यहाँ खास गरेर नेपाली कांग्रेस अन्तर्गतको नेवि संघको आधिकारिक उम्मेद्धवार को हो भन्ने कुरा नै विवादमा छ ।

 

नेवि संघको तर्फबाट सायन साम्पाङ, भूपेन्द्र बस्नेत वा दीपक मादेनमध्ये आधिकारिक को हो भन्ने कुराको दावी आ–आफ्‌नै छ । उसो त दीपकले भूपेन्द्रलाई अधिकारिक उम्मेदवार मान्दै आफ्‌नो समर्थन भूपेन्द्रलाई रहेको भनेर सामाजिक सञ्जालमार्फत घोषणा गरिसक्नु भएको छ ।

 

यता साम्पाङ र बस्नेत भने दुवैले आफु आफुलाई नै आधिकारिक भन्दै प्रचार मात्रै गरिरहनु भएको छैन सोमबार छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी आआफ्‌नो अधिकारिकता दावी गर्नुभयो ।

 

बस्नेतले आफु नेविसंघ, अखिल क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थीको तर्फबाट संयूक्त उम्मेदवार रहेको भन्दै पत्रकार सम्मेलनमा आफ्‌ना कुरा राख्नु भयो । उहाँले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काग्रेसका बिभिन्न पदाधिकारी, कार्यवाहक क्षेत्रीय सभापति, नेविसंघका उपल्लो कमिटीका पदाधिकारी तथा सदस्य साथै साझेदार संघ संगठन अन्तर्गतका पार्टीका प्रमुखहरुको उपस्थिती रहेको थियो । सो सम्मेलनमा बोल्दै बस्नेत सबैको साथ र समर्थन आफूमा रहेकोले आफू नै नेवि सघंको आधिकारिक उम्मेद्धवार रहेको दावी गर्नु भयो ।

 

यता नेवि संघको दमक क्याम्पस इकाई समितिको ब्यानरमा अर्को पत्रकार सम्मेलन गर्दैै सायन साम्पाङ चाँही आधिकारिक भन्दै पत्रकार सम्मेलन गरियो । यसमा पार्टीको दमक नगर समितिका सभापति प्रकाश प्रसाई, नेविसंघ झापा जिल्ला सभापति सञ्जय निरौला, संविधानसभा सदस्य तथा नेपाली काग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी सुब्बा लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै नेविसंघ झापाका सभापति निरौलाले भूपेन्द्र बस्नेत नेवि संघको उम्मेदवार नभएर बागी उम्मेदवार रहेको उल्लेख गर्नु भयो ।

 

दमक क्याम्पसमा बिगत देखि नै बिरासत राख्दै आएको नेवि संघ यो पटक दुई भागमा विभाजित भएको छ । त्यसपछि साङ्गठानिक रुपमा बलियो मानिएको अनेरास्ववियुलाई यो पटक जित निकाल्ने मौका पनि मिलेको छ । अनेरास्ववियुका अध्यक्ष पदका उम्मेद्धवार निशम अधिकारी भन्नु हुन्छ ‘हामी विद्यार्थीहरुको समस्यालाई भूँईं देखि नै समाधान गर्न चुनावी मैदानमा उत्रिएका हौ । विद्यार्थीको समस्या थाहा पाउन हामी स्ववियु सभा गराउँदै सबै विद्यार्थीहरुको भावना, राय र सुझाव लिएर आफ्‌ना गतिविधि अघि बढाउने छौ ।’

 

यता, हामी स्वतन्त्र हौं भन्ने समूह बनाएर चुनावी मैदानमा उत्रिनु भएकी रश्मी उप्रेतीलाई सबैले खतराको संकेतका रुपमा हेरेका छन् । यस अघि नेवि संघको इकाई समितिमा बसेर साङ्गठानिक गतिविधि गर्दै आउनु भएकी उप्रेती अहिले चुनावका बेला हामी स्वतन्त्र हौं भन्दै प्यानल नै बनाएर चुनावी मैदानमा हुनुहुन्छ । तर उहाँले सामाजिक सञ्जालमा संगठनका विरुद्धमा आफुले उम्मेदवारी दिएको भन्दै आए पनि उज्यालो खबरको क्यामेरामा भने उहाँ बोल्न चाहनु भएन ।

 

यसरी विद्यार्थीहरु चुनावी माहोलमा लागिरहेका बेला क्याम्पसको निर्वाचन समितिले विद्यार्थीहरुको मताधिकार सुरक्षित गर्न आवश्यक सबै कामहरु गरिसकेको समितिका संयोजक टंक भट्टराईले जानकारी दिनुभयो ।

 

विद्यार्थीहरुको चुनाव भए पनि पार्टी र यसका नेतृत्वहरुले यसलाई आफ्‌नो गरिमा र प्रतिष्ठाका रुपमा लिँदा विद्यार्थीको चुनाव पेचिलो बनिरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक महिनामै डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौं,३ वैशाख । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६

उपसभामुख ठाकुरको दहेज प्रथाविरुद्ध कडा सन्देश

सर्लाही,३ वैशाख । उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो धारणा

दानबहादुरद्धारा महानगरपालिकालाइ सहयोग उपलब्ध गराउन तयार

काठमाडौं, ३ वैशाख । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया