बेलडाँगी शिविरमा मनाइयो साहित्य परिषद भूटानको ३३ औं स्थापना दिवस

दमक, चैत ४
साहित्य परिषद भूटानको ३३ औं स्थापना दिवस सोमबार एक कार्यक्रमकाबीच झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीमा सम्पन्न भएको छ ।

 

कार्यक्रम नेपाल च्याप्टर, साहित्य परिषद् भूटानले आयोजना गरेको हो । संस्थाका अध्यक्ष दिल भूटानीको अध्यक्षतामा रहेको कार्यक्रमको प्रमुख अतिथि शिविर सचिव सञ्चहाङ सुब्बा रहनु भएको थियो । सुब्बाले नेपालीभाषी भूटानीहरु शरणार्थी अवस्थामा अलपत्र परेपनि आफ्‌नो भाषा, साहित्य, कला र संस्कृतिले जिउँदो हुन सकेको जनाउनु भयो ।

कार्यक्रममा साहित्य र सङ्गीतको प्रस्तुति रहेको थियो । गायक बलराम मगर,शेरबहादुर लावती, ओम सापकोटा आदिले प्रस्तुति दिनुभयो । यसैगरी, साहित्यकारहरु तिलक राई, अविलाल राई, चिरञ्जीवी राई, थिरु घिमिरे आदिको रचना प्रस्तुत भयो । कार्यक्रममा धार्मिक र जातीय संगठनका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
आफ्‌नो देशबाट लखेटिनु परेपनि नेपाली भाषा, साहित्य, कला र संस्कृति संरक्षणमा शरणागत भूमिमा गठन भएको भाषा परिषद् आफ्नो लक्ष्यमा निरन्तर अघि बढिरहेको कार्यक्रममा जनाइयो ।

लक्षुमण बुर्जाले सञ्चालन गर्नु भएको कार्यक्रममा विरेन मगरले शव्दले स्वागत गर्दै संस्थाको गतिविधिमा सबैको सक्रिय सहभागिता आवश्यक रहनेमा जोड दिनुभयो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल