आज स्ववियु निर्वाचन, क्याम्पसहरुमा स्ववियुको भूमिका के हो ?

दमक, चैत्र ५

 त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमातहतमा रहेका ६४ वटा आंगिक क्याम्पस (६२ वटा क्याम्पसमा कक्षा सञ्चालन) र एक हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस छन् । 

 

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको हक, हितको संरक्षण तथा सम्वर्द्धन गर्दै अनुसन्धानमूलक, बौद्धिक, प्राज्ञिक र चारित्रिक विकास गर्न, विद्यार्थीहरूमा शैक्षिक तथा सामाजिक मूल्य-मान्यता स्थापित गर्न शिक्षक, कर्मचारी र विद्यार्थीबीच आपसी समन्वयका साथ अनुशासन कायम राख्न स्ववियुको महत्वपूर्ण भूमिका मानिन्छ । 

यस्तै पठनपाठनका लागि उपयुक्त वातावरण तयार गर्न र अतिरिक्त क्रियाकलाप तथा खेलकुदका माध्यमबाट विद्यार्थीको चौतर्फी विकासमा पनि स्ववियुको महत्वपूर्ण भूमिका रहँदै आएको छ। 

 

विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० र स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा उल्लेख भएबमोजिम निर्वाचन हुन गइरहेको निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव प्रा. पशुपति अधिकारीले बताउनुभयो ।

 

उहाले विश्वविद्यालयका दुई वटा आंगिक र ८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचन सम्पन्न भइसकेको पनि जानकारी दिनुभयो । सदस्य सचिव अधिकारीले १३ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अगाडि बढाउन समझदारीको प्रयास भइरहेको पनि उल्लेख गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक