दमक क्याम्पसको स्ववियु निर्वाचन

स्वतन्त्र प्यानलका बस्नेतको ५३७, अनेरास्ववियुका अधिकारीको ४२५

दमक ,६ चैत
दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको जारी मत गणनाको पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार नेपाल विद्यार्थी संघ निकट स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भूवन) को अग्रता कायमै रहेको छ ।

 

गठवन्धनको उम्मेदवारका रुपमा सुरुवातदेखि अग्रता कायम राख्दै आउनु भएका बस्नेतले १५४५ मत गणना हुँदा ५३७ मत प्राप्त गरेर अग्रता कायम राख्नु भएको छ । बस्नेतका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका निशम अधिकारीले ४२५ मत ल्याएर पछ्याइरहनु भएको छ । नेविसंघका आधिकारिक उम्मेदवार सायन साम्पाङले ३०३, स्वतन्त्र समूहकी रश्मी उप्रेतीले ८७ मत ल्याउनु भएको छ । सभापतिका ८ जना उम्मेदवारमा दीपक लिम्बूले ६२, पर्वत बस्नेतले ५१, पेमा डोल्मा तामाङले १४ र प्रविणा भट्टराईले ८ मत प्राप्त गर्नुभएको छ ।

 

साम्पाङको समूहलाई आधिकारिक प्यानल मानेर कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू ,नगर सभापति प्रकाश प्रसाईले नेतृत्व गर्नुभएको छ भनें बस्नेत समूहको नेतृत्व भने कांग्रेस प्रदेश सभाका सभापति रवि केसी, महासमिति सदस्यहरु शुरेस सुब्बा, कांग्रेस कोशी प्रदेश सदस्य भूमिराज राई, नेताहरु राजन ढुंगाना, आइन्द्र केरुंङ, मेदनी सिटौला, रोशन विष्ट, पर्शुराज रिजाल लगायतले साथ दिइरहेको बुझिएको छ ।

 

स्ववियू निर्वाचनमा क्याम्पसमा कुल मतदाता ३७०३ मध्ये १९५६ मत खसेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक