आङ्देम्बेमाथि भएको आक्रमणको विरोधमा विर्तामोडका युवा एकजुट

विर्तामोड, ७ चैत– राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज खगेन्द्रराज आङ्देम्बे लगायतका नेतामाथि भएको सांघातिक आक्रमणको विरोधमा विर्तामोडका युवा एकजुट भएका छन् ।
राष्ट्रिय युवा संघसहित नेपाल तरुण दल र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज विर्तामोडमा पत्रकार सम्मेलनमार्फत् आङ्दम्बेमाथि भएको आक्रमणको निन्दा गरेका छन् । पत्रकार सम्मेलनमार्फत् ती युवा संघ–संगठनले आङ्देम्बे लगायतका नेतामाथि आक्रमण गरी गम्भीर घाइते बनाउनेहरुलाई कडाभन्दा कडा कारबाहीको माग राखेका छन् ।
राष्ट्रिय युवा संघ विर्तामोड नगर कमिटीका अध्यक्ष रोहित ओली, तरुण दल विर्तामोडका सभापति रमेश चौधरी र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन विर्तामोड नगर कमिटीका अध्यक्ष प्रिन्स शेखले संयुक्त विज्ञप्ति जारी गर्दै यो घटनाले जिल्लामा असुरक्षा र आपराधिक घटना बढेकोमा चिन्ता व्यक्तसमेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ —‘ खगेन्द्रराज आङ्देम्बे र सहकर्मीहरुको हत्या प्रयासले हाम्रो झापा जिल्लामा बढ्दो असुरक्षा र आपराधिक घटनाहरु बढिरहेको पुष्टि गरेको छ । यसले युवाहरुको वर्तमान र भविष्यको सुरक्षा प्रत्याभूति गर्न सरकार र प्रशासनले गम्भीर कमद चाल्नुपर्ने देखिन्छ ।’
संघका केन्द्रीय सदस्य आङ्देम्बेसहित विर्तामोड नगर कमिटी सदस्य विश्वदीप राजवंशी र अजय खबास गत फागुन २६ गते राति आक्रमणमा पर्नुभएको थियो । सो आक्रमणमा संलग्न भएको अभियोगमा प्रहरीले खगेन्द्र खालिङ र उनका भतिज दुर्गा राईलाई पक्राउ गरिसकेको छ । आक्रमणमा परी घाइते भएकामध्ये राजवशी र खबास उपचारपछि घर फर्किसकेका छन् भने आङ्देम्बेको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको वताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट