‘नो केबलकार’ समूहले लिम्बूलाई तोक्यो उच्चस्तरीय वार्ता समिति संयोजक

ताप्लेजुङ , चैत्र ७/ ‘नो केबलकार समूह’ले खगेन्द्र फेम्बु लिम्बूको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति गठन गरेको छ ।

 

 

पाँच सदस्यीय वार्ता समितिको सदस्यमा श्रीप्रसाद लिंखिम, सरस्वता (सरु) सिंगक, धनराज लिम्बू र सन्तोष मेहता रहनु भएको छ । 

 

 

यसअघि वार्ता समन्वय समितिमात्रै बनाएको नो केबलकार संघर्ष समितिले सरकारद्वारा गठित वार्ता समितिसग संवाद गर्न उच्च स्तरीय वार्ता समिती बनाएको हो ।

सिंगकले मुक्कुम्लुङ ताङसेप चुम्भो तथा धनराज र सन्तोष राजनीतिक दलबाट वार्ता समितिमा रहेको उल्लेख छ । सिंगक भने यसअघिको वार्तामा समन्वय समितिको संयोजक रहनु भएको थियो ।

 

 

मुक्कुम्लुङमा आएको विवादमा गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र मुक्कुम्लुङ ताङसेप र अन्तरदलीय राजनीतिक दलहरुको वार्ता सहजीकरण टोलीबीच चैत ४ गते भएको वार्ताले उच्चस्तरीय वार्ता समिति गठन गर्ने सहमतिअनुसार वार्ता समिति गठन गरिएको आन्दोलनरत समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा १३ वटा संघसंस्था र ११ राजनीतिक दलले हस्ताक्षर गरेका छन् । आन्दोलनरत समूहले केबलकार निर्माण खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

 

 

गृह मन्त्रालयद्वारा गठित प्रेमप्रसाद भट्टराई संयोजकत्वको सरकारी वार्ता समितिले यो माग आफ्नो तर्फबाट पूरा गर्न नसक्ने जनाएपछि उच्चस्तरीय वार्ता समिति गठनका लागि पहल गर्ने सहमति भएको यसअघिको वार्तामा सहभागीले बताएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।