आज मध्यरातदेखि नै लागु हुने

अमेरिकामा सामान पुग्ने चिनियाँ सामग्रीमा ५४ प्रतिशतसम्म कर

यो निर्णयमा अमेरिकामा दुई थरी मत देखा परेको छ।

दमक, चैत्र २१/  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको कुनै पनि देशबाट अमेरिकामा जाने सामानमा कम्तीमा १० प्रतिशत आयात कर लगाउने भएका छन्।

कुनै देशका सामानमा ५० प्रतिशत कर समेतको निर्णय गरिएको छ। यो निर्णय ९ अप्रिलबाट लागू हुनेछ। ट्रम्पले बेलायतबाट अमेरिकामा पुग्ने सामानमा १० प्रतिशत करको निर्णय गरेका छन् भने युरोपेली युनियनबाट जाने सामानमा २० प्रतिशत करको निर्णय गरेका छन्।

मध्यरातदेखि नै लागु हुने गरी विदेशी सवारी साधनमा २५ प्रतिशत करको निर्णय गरे। रोज गार्डेनमा भएको मन्तव्यमा ट्रम्पले यसलाई स्वतन्त्रता दिवसको घोषणा भन्दै अमेरिकामा नयाँ युगको सुरुवात भएको समेत बताए।

मेक्सिकोपछि सबै भन्दा धेरै अमेरिकामा सामान पुग्ने चिनियाँ सामग्रीमा उनले ५४ प्रतिशतसम्म करको निर्णय गरेका छन्।  यो निर्णयमा अमेरिकामा दुई थरी मत देखा परेको छ। रिपब्लिकले यसलाई सकारात्मक रूपमा लिएको बताएका छन् भने डेमोक्र्याटले अमेरिकाको आर्थिक अवस्था ओरालो बाटोमा जान सक्ने चिन्ता व्यक्त गर्न थालेका छन्।


उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट