सीमा सुरक्षा

झापामा नवनिर्मित ‘बिओपी’को उद्घाटन, सीमा सुरक्षामा सहयोग हुने

 

 

 

विर्तामोड  झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन गरिएको छ । सोमबार एक समारोहकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले विपद्का बेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए । सशस्त्र प्रहरी बल नेपालले विगतमा परिष्कृत भएर मुलुकको सीमा रक्षाका लागि तल्लिन हुनुपर्नेमा उनले जोड दिए । बजेटको सीमाले भ्याएसम्म सरकार विकासका काममा लागिरहने राईले बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले देशको सीमा सुरक्षाको लागि सरकार गम्भीर रहेको बताए । उनले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सरकारले संवेदनशील भई काम गर्ने बताए । नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापना गरिएको बताए । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ । ‘सीमा शुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नू हुन्न तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ,’ उनले भने ।

कार्यक्रममा नं. १ बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति कमल गिरिले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारी तल्लीन भएर सशस्त्र प्रहरीले गरिरहेको बताए । भवन निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैयाँ ९० पैसा विनियोजन भएको थियो । भवनको ठेक्का धरानको श्री स्वामी नारायण निर्माण सेवा प्रालिले एक करोड ३९ लाख १७ हजार पाँच सय ६४ रुपैंया ४२ पैसामा पाएको थियो ।

कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमती प्रतिमा कुमारी गणेशलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । समारोहमा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल मुख्यमन्त्री कार्यालयका मुख्य सचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली तथा विभिन्न सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाँदरबाट बाली जोगाउन मझुवागढी नगरपालिकाद्वारा बजेट विनियोजन

काठमाडौं,१० असार । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको

कार र मोटरसाइकल ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,१० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उहाँकी पत्नी रामपरी यादव घाइते

खुलातर्फ केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी

काठमाडौं,१० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ।चितवनमा आइतबारदेखि

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि