दमक, २४ चैत / बामपन्थी लेखकहरुको संस्था प्रगतिशील लेखक संघ नेपालको काठमाडौंमा सम्पन्न १३ औं राष्ट्रिय सम्मेलनबाट इलामका डा.देवी क्षेत्री दुलाल अध्यक्षमा चयन हुनु भएको छ ।
निवर्तमान समितिमा उपाध्यक्ष रहनु भएका दुलाललाई सर्वसहमतिमा अध्यक्ष चयन गरिएको थियो । दुलालको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।
सर्वसहमत चयन भएको समितिको उपाध्यक्षद्वय समीर सिंह र डा.अमृता शर्मा, महासचिवमा झगिन्द्र प्रसाद ढकाल, उपमहासचिवमा बोध कुमार घिमिरे, सचिवमा हरि प्रसाद तिमिल्सिना र कुशल बोगटी र कोषाध्यक्षमा कृष्ण सुवेदी चयन हुनु भएको छ ।
महासचिवमा पारस ढकाल, उपमहासचिवमा बोधकुमार घिमिरेसहित चयन हुनु भएको छ ।









