शिक्षक आन्दोलन

गुरूहरूले ठप्प पारे देशभरका विद्यालय

उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण बन्द ।

दमक, २५ चैत / विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित निर्णायक आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल थालेको छ ।

गत बुधबारबाट काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासंघले सोमबार (आज)बाट शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो । महासंघको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौ पुगेको अवस्थामा आम हड्तालकै घोषणा भएको छ । हडताल अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि महासंघले शिक्षकहरूलाई निर्देशन दिइएको छ ।

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक आन्दोलन अघि बढाउने क्रममा हड्तालसम्ममा उत्रिनु परेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाउनु भयो । संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र ऐन निर्माण गरी जारी गर्न माग सहित आन्दोलन निरन्तर अघि बढाउने निर्णय भएको उहाँले बताउनु भयो ।

विगतका सहमतिअनुसार विद्यालय तहका सबै प्रकारका शिक्षकको स्थायित्व, बढुवा तथा सेवासुविधाको सवाल र विद्यालय कर्मचारीको स्थायित्वको सवाललाई समेत समेटेर विधेयक पारित गर्नुपर्ने महासंघले सरकारसँग माग अघि सारेको छ । हाल प्रस्तावित विधेयकमा शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था रहेको छ । स्थानीय तहमा बढी राजनीतिक चलखेल हुने भन्दै आफूहरूलाई संघीय सरकारको मातहत राख्नुपर्ने शिक्षकहरूको माग छ ।

२०८० साल असोज ५ गते सरकार र शिक्षक महासंघबीच भएको सहमति अनुसार शिक्षकको १०/१० वर्षमा आवधिक बढुवा हुनुपर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्ष सेवा कायम गर्नुपर्ने भनिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट