काेशी भ्रमणवर्ष-२०८२

तेह्रथुमकाे लालीगुराँशबाट सुरू हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

प्रदेशको पर्यटन प्रवर्द्धन र विकासका लागि वि.सं.२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष घोषणा गरेको छ ।

दमक,  २५ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २७ गते तेह्रथुमको लालीगुराँस नगरपालिकामा कोशी प्रदेश पर्यटन वर्ष २०८२ शुभारम्भ गर्नुहुने भएको छ ।

लालीगुराँस नगरपालिकाको सहकार्यमा कोशी प्रदेश सरकारको आयोजनामा लालीगुराँस नगरपालिका १ स्थित आरआर गार्डेनमा बिहान साढे ११ बजे पर्यटन वर्ष शुभारम्भ गरिने कार्यक्रम तय भएको छ । त्यहाँ लालीगुराँस फूलेको मनोरम दृष्य अवलोकन गर्दै नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रमका लागि गुराँसका बोटमा सिंचाई समेत गरिएको छ । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवद्र्धन र विकासका लागि वि.सं. २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष, २०८२ घोषणा गरेको छ ।

पर्यटन वर्ष शुभारम्भको अघिल्लो दिन चैत २६ गते ‘लोकतन्त्र र पर्यावरण’ र ‘जैविक विविधता र गुँरास पर्यटन’ विषयमा ‘प्यानल डिस्कसन’ हुने लालीगुराँस नगर प्रमुख अर्जुनबाबु माबोहाङले जनाउनु भयो । ‘लोकतन्त्र र पर्यावरण’ विषयक अन्तरसंवादमा राजनीतिक विश्लेषक मुमाराम खनाल, केशव दाहाल, मोहन तिम्सिना, नगर प्रमुख माबोहाङ र कोशी प्रदेशका सचिव विशाल घिमिरेलगायतले सहभागिता जनाउने कार्यक्रम छ ।

यस्तै ‘जैविक विविधता, गुँरास र पर्यटन विकास’ विषयक अन्तरसंवादमा लेखक तथा विश्लेषक कमल मादेन, कोशी प्रदेशका पूर्वमन्त्री लक्ष्मण तिवारी, वन अधिकृत विनिता सुवेदीलगायत गुराँस विज्ञहरूले सहभागिता जनाउने छन् । अन्तरसंवाद तेह्रथुमको वसन्तपुरस्थित चोःलुङ पार्कमा हुने छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट