ठाउँ ठाउँ सडक डाइभर्सन गरिने

आज काठमाडौंमा तीन ठाउँमा प्रदर्शन, कस्तो छ सुरक्षा व्यवस्था ?

काठमाडौँ, २६ चैत / काठमाडौं क्षेत्रमा आज तीन वटा प्रदर्शनसहित जनआन्दोलन दिवसका कार्यक्रम हुने भएकाले झडपकोस्थिति नियन्त्रणमा आम मानिसको चासो बढेको छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्रको पक्षमा बल्खुमा प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा उसको विरोध कार्यक्रम छ ।

 

विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित निर्णायक आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले दैनिक प्रदर्शन गर्दै आएको छ । सहकारी तथा लघुवित्त पीडितहरूले पनि सरकारसँगको सहमति कार्यान्वयनको माग गर्दै केही दिनदेखि काठमाडौंमा प्रदर्शन अघि बढाइरहेका छन् । शिक्षकहरुले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले ती स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

यसैबीच प्रशासनले आपसका प्रदर्शन भेट हुन नदिन यातायात आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ ।

डाइभर्सन गरिने स्थानहरू
खसिबजार – मकालु – कलङ्की चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

 

कार्यक्रममा सहभागी व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू :–

टियू गेट देखी चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला – बाफल सडक खण्डमा एक लाइन

 

कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ । प्रदर्शनहरुलाई हिंसात्मक हुन नदिन ठूलै संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट