झापा, मोरङ र सुनसरीमा ३ महिलाको शव फेला

अनुहारमा निलडाम देखिएको छ भने शरीरको तल्लो भाग नाङ्गो अवस्थामा रहेको

दमक, २६ चैत/  दिन दिनै मानिसहरु रहस्यमय रुपमा मृत भेटिने क्रम बढेको छ । अझ महिलाहरु मृत भेटिनु मानवअधिकारको सवालबाट झन संवेदनशील मानिन्छ । यसक्रममा झापा, मोरङ र सुनसरीमा ३ महिलाको शव फेला परेको छ ।

 

झापाको अर्जुनधारा नगरपालिका १ स्थित हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ । घाँस काट्न गएका स्थानीयले सो वनभित्र आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको सडिसकेको शव फेला पारेका थिए । मृतक इलाम रोङ गाउँपालिका २ बर्फल्याङ बस्ने ६२ वर्षीया सीतादेवी खड्का भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जनाउनु भयो । मानसिक अवस्था ठीक नभएकी ती वृद्धा गत माघ २८ गतेदेखि घरबाट हराएको अवस्था थियो ।

 

उता, सुनसरीको धरान–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र पनि अर्धनग्न अवस्थामा अन्दाजी ३० वर्षीय महिलाको शव फेला परेको छ । वनमा तत्काल नामथर वतन नखुलेको महिला लसुनेको रुखमा हाते झोलाको फित्ता घाँटीमा बेरिएको अवस्थामा मृत भेटिएकी हुन् । उनको अनुहारमा निलडाम देखिएको छ भने शरीरको तल्लो भाग नाङ्गो अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

 

यता, मोरङको विराटनगरस्थित बसपार्कमा रहेको सार्वजनिक शौचालयको छेउमा एक महिला मृत फेला परेकी छन् । मागी खाई हिड्ने अन्दाजी ६० वर्षकी नाम, थर, वतन नखुलेकी महिला मृत फेला परेकी हुन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट