दमकमा १ लाख मानिस उतार्ने एमालेको योजना

‘भ्रम चिरेर संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एक हुने जागरण हो’

दमक, २६ चैत /  नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले प्रतिगमनकारीको भ्रम चिरेर संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनतालाई जगाउने योजनामा चैत ३० मा दमकमा जागरण सभाको आयोजना गरिएको जनाउनुभएको छ ।

एमाले कोशी प्रदेश इञ्चार्ज समेत रहनु भएका राईले कोशी प्रदेश कमिटीको आयोजनामा हुने जागरणसभाले देशबासीको ध्यान तानिरहेको प्रसंग उल्लेख गर्नुभयो । उहाँले राज्य सत्ताको नेतृत्व एमालेले गरिरहेको बेला प्रतिगामी शक्तिको चलखेल सुरु भएको अवस्थामा जनताले प्राप्त गरेका उपलब्धि जोगाउनु दायित्व रहेकाले जागरणसभाको आयोजना गरिएको उहाँले प्रष्ट्याउनु भयो । उज्यालो खबरसँग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘जनताको उपलब्धिमाथि धावा बोल्दै पूर्वराजावादीका नामबाट प्रतिगमन् सलबलाएको अवस्थामा नेपाल र नेपाली जनताको उपलब्धिको रक्षा गर्ने दायित्व एमालेको हो । एमालेले ती परिवर्तनहरुमा अगुवाको भूमिका खेल्दै आएको अवस्थामा जनताको अधिकार रक्षा गर्न जनतालाई जगाउन आवश्यक रह्यो ।’

चैत १५ मा काठमाडौंमा पूर्वराजावादीहरुको नाममा भएको हत्या, हिंसा र आगजनीका घटनाले नेपालीलाई संवेदनशील बनाएको हिसावले सबै कुरा बुझाउँदै जनतालाई जागरुक गराउन आवश्यक रहेकाले आफूहरु परिस्थिति अनुरुप सडकमा आउनु परेको उहाँको भनाई छ । ‘प्रतिगमनकारीको भ्रम चिरेर संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनतालाई जगाउँदै एक ढिक्का भएर उभ्याउने सभाको प्रमुख उद्धेश्य हो ।’– उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको गृह जिल्लाको गृहनगर मात्र नभएर दमक नयाँ विस्तार र विकास हुँदै तीव्र सहरीकरण भइरहेको स्थल भएकाले दमकबाट सन्देश छर्न सो स्थललाई रोजिएको उहाँले जवाफ दिनु भयो ।

 

झापा, मोरंग, सुनसरी, इलाम, उदयपुर क्षेत्रलाई विशेषगरी समेटेर १ लाख हाराहारीमा जनता सहभागिता गराउने लक्ष्य रहेको सुनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट