सृजनामा जाग्दो चुलाचुली

बैशाख १८ र १९ मा चुलाचुली साहित्य उत्सव

चुलाचुलीको पर्यटनको सम्भावनालाई साहित्यसँग समेत जोड्ने उत्सवको लक्ष्य

दमक, २९ चैत / सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा बैशाख १८ र १९ गते ‘चुलाचुली साहित्य उत्सव २०८२’ को आयोजना हुने भएको छ ।

 

चुलाचुली गाउँपालिकाले गठन गरेको ‘भाषा, साहित्य, कला, संस्कृति तथा पर्यटन समन्वय समिति’को आयोजनामा चुलाचुली ५ चपेटीस्थित भञ्ज्याङ एग्रो टुरिजममा उत्सव हुने भएको हो । चुलाचुलीको पर्यटनको सम्भावनालाई साहित्यसँग जोड्ने उत्सवको लक्ष्य समेत रहेको समितिका अध्यक्ष विवश बलिभद्र कोइरालाले जनाउनु भयो ।

 

उत्सवमा कोशी प्रदेशका सर्जकलाई प्रतिनिधिमूलक सहभागिता गराइने छ । उत्सवको पहिलो दिन ‘प्रतिनिधिमूलक कविता वाचन’, ‘कवि र कविता’ र ‘गजल साँझ’ आयोजना हुनेछ । सोही दिन ग्रामिण पर्यटन प्रवद्र्धनमा साहित्यको योगदान विषयक बहस समेत हुनेछ । दोस्रो दिन ‘हाम्रो सिर्जना : स्थानीय कविका कविताहरु’ कार्यक्रममा चुलाचुलीका कविका कविता प्रस्तुत हुनेछन् । ‘प्रतिनिधिमूलक रचना वाचन’का साथै ‘चुलाचुलीमा नाटक : हिजो, आज र भोलि’ विषयक बहस कार्यक्रम समेत हुने अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो । सो अवसरमा सांगीतिक प्रस्तुति समेत हुनेछन् ।

 

चुलाचुली क्षेत्रको सृजना प्रवद्र्धनका लागि गाउँपालिकाले वर्षेनी कार्यक्रममा आर्थिक व्यवस्थापन गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ