भोलि दमकमा जनप्रदर्शन र जागरणसभा

प्रचार प्रसारमा एमालेको मोटरसाइकल र्‍याली

दमक, २९ चैत /  नेकपा एमाले कोशी प्रदेश कमिटीले आयोजना भोलि दमकमा हुने बृहत जनप्रदर्शन र जागरणसभाको प्रचार प्रसार स्वरुप शुक्रबार मोटरसाइकल र्‍याली निकालिएको छ ।

 

दमकबाट सुरु र्‍याली झापा निर्वाचन क्षेत्र नम्बर ५ भरी सञ्चालन गरिएको छ । अहिले सरकारको कामको सवाल भन्दा पनि लोकतान्त्रिक गणतन्त्रको रक्षाको जनताको सवालमा एमाले जागरणसभामा उत्रिनु परेको पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश इञ्चार्ज शेरधन राईले जनाउनु भएको छ ।

 

जनताको बलिदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गर्ने प्रतिगमनका गतिविधिहरुबाट जनता सचेत रहने सन्देशकालागि भन्दै आयोजना गरिएको सभामा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । पशुहाटमा हुने सभामा १ लाख मानिस उतार्ने एमालेको योजना छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ