दमक नगरको परिपत्र

साँच्चै ८ कक्षासम्काे शिक्षा निःशुल्क हाेला त ?

दमक, १ बैशाख  ।  झापाको दमक नगरपालिका कार्यालयले नगरका सामुदायिक विद्यालयहरुमा अबको शैक्षिक शत्रबाट कक्षा ८ सम्मको पठनपाठन निःशुल्क गर्न परिपत्र गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले चैत ३१ गतेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार कक्षा ८ सम्मका बालबालिकालाई कुनै पनि शुल्क नलिने भन्ने निर्णय भएको जानकारीसहित परिपत्र गर्नुभएको छ ।

 


वर्तमान संविधानको धारा ३१ र उपधारा २ अनुरुप शिक्षा सम्बन्धि हक अन्तर्गत राज्यबाट प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माद्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ । सो नीतिलाई कार्यान्वयन गर्न २०८० चैत २४ को निर्णयअनुसार यो वर्ष ८ सम्मको शिक्षा निःशुल्क गर्ने प्रक्रिया अघि बढाउन विद्यालयहरुलाई परिपत्र गरिएको उल्लेख छ ।

गत शैक्षिक शत्र कक्षा ५ सम्म निःशुल्क गरिएको घोषणा गर्दै विद्यालयहरुलाई नगरले राहतमा सघाएको भएपनि केही विद्यालयले भनें त्यो सहयोग पूर्ण नभएको भन्दै शुल्क लिएको अवस्था थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति