१५ देशका राजदूत इलाममा

श्रीअन्तुमा चिया टिपे, माछा मार्दै र डुङ्गाशयर गर्दै रमाए

विभिन्न जातजातिको भेषभूषामा सजाएर कन्यामको लभडाँडासम्म घोडसवार पनि गराइएको थियो ।  जातीय पोशाकमा सजिएर राजदुतले कन्यामको परिक्रमा गरे ।

इलाम १, बैशाख । नयाँ वर्ष २०८२ लाई स्वागत गर्न १५ देशका राजदूत एकैसाथ इलाम पुगेका छन् ।

परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डको आयोजनामा आयोजित कार्यक्रममा सरिक हुन यी राजदूत इलामको सुर्योदय नगरपालिका पुगेका हुन् ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव सहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदुत सहित ४५ जना भन्दा बढी उच्च तहका पदाधिकारी आइतवार साँझ नै इलाम पुगेका थिए । उनीहरुलाई कन्याममा पंञ्चेबाजासहित स्वागत गरियो । विभिन्न जातजातिको भेषभूषामा सजाएर कन्यामको लभडाँडासम्म घोडसवार पनि गराइएको थियो ।  जातीय पोशाषकमा सजिएर राजदुतले कन्यामको परिक्रमा गरे ।

नेपालस्थित विभिन्न देशका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तु र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो ।
उहाँहरुलाई श्री अन्तुमा सूर्योदयको दृश्यावलोकन गराएको छ । यो पटक इजिप्ट, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीटजल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश लगायत देशका राजदुत आएको नगरपालिकाले जनाएको छ ।

अन्तुमा चिया टिप्दै राजदूत

सूर्योदय नगरपालिकाको अन्तुमा आएका राजदूतले त्यहाँको चिया बगानमा चिया टिपेर अनुभव लिएका छन् । राजदूतहरुले चिया बोक्ने डालो भिरेरै चिया टिपेका थिए् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सबै राजदूतका लागि यो फरक अनुभव भएको बताउनुभयो । राजदूतहरुले टिपेको चिया जोखेर नामसहित राखिएको छ र उनीहरुले टिपेको चिया प्रशोधन गरी तयार पारेर उहाँहरुलाई पठाइने नगर प्रमुख रणबहादुर राईले बताउनुभयो । ‘इलामको चिया चिनाउनका लागि हामीले यो प्रयास गरेका हौं ।’

सो क्रममा अस्ट्रेलियाका राजदूत लेनान जोनस्टनले त नेपाली चिया पिउन पाए पनि बोटमै आएर चिया टिप्ने अनुभव लिन पाएकोमा खुसी हुँदै इलामको चियालाई विश्व बजारसम्म पु¥याउनका लागि पहल गर्नै प्रतिवद्धता समेत जनाएको भ्रमण टोलीका सदस्यहरु बताउँछन् ।

अन्तुमा फिसिङ र डुङ्गा सयर

भ्रमण अन्तर्गत सोमबार अन्तु पोखरीमा राजदूतलाई डुङ्गा सयर गाउनका साथै माछा झिक्ने (फिसिङ) गराइएको छ । परराष्ट्र मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार अनौपचारिक भ्रमण अन्र्तगत इलामको अन्तु पुगेका राजदुतहरुले अन्तुमा डुङ्गा शयर र माछा मारेर मनोरञ्जन लिएका हुन् ।

नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्रमन्त्री

यसैबीच परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन रहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

‘नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार हुन् । ’ नयाँ वर्षले नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने पनि मन्त्री राणाले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाको दस्तावेजमाथी सुदन किराँतीको टिप्पणी : सुदन किराँती

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी

बाजुरामा असारे रोपाइँको चटारो

बाजुरा,११ असार । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने

मदन भण्डारीको स्मृतिमा दमकमा हुदैछ बृहत् रक्तदान कार्यक्रम

दमक, ११ असार । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा झापाको दमकमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। मदन भण्डारी फाउण्डेशन झापाको आयोजनामा तथा नेपाल

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार