खेलमैदानमा करिब ५० लाख लागत लाग्ने

नगरमै पहिलो प्याराफिटसहितको खेल मैदान बन्दै

पथरी, ३ बैशाख /
मोरङको पथरी शनिश्चरे वडा नम्बर ४ को पिपल डाँडामा प्याराफिट सहितको सुविधा सम्पन्न फुटबल खेलमैदान निर्माण हुने भएको छ ।

 

सिद्धार्थ आधारभूत विद्यालयको भोगचलनमा रहेको रहेको १३ कट्ठा ऐलानी जग्गामा नगरकै पहिलो प्याराफिट सहितको खेलमैदान बन्ने भएको हो ।
लागू औषध तथा दुर्व्यसनीबाट टाढा राख्ने अभिप्रायले यस खेलमैदान निर्माणले उनीहरूको खेल सीप र क्षमता बृद्धि हुने आशा राखिएको सिद्धार्थ खेलमैदान उपभोक्ता समितिका सचिव छत्र लिम्बुले बताउनुभयो ।

 

समितिका अध्यक्ष राजकुमार मगरले सिद्धार्थ आधारभूत विद्यालयको स्वामित्वमा रहेको उक्त खेलमैदान निर्माण गर्न सबै पक्षको चासो र ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

 

 

हालका लागि पथरी शनिश्चरे नगरपालिकाबाट ८ लाख रुपैयाँ बजेट विनियोजन भएकोले अहिले सो खेल मैदानमा निर्माण कार्य भइरहेको ४ नम्बर वडाध्यक्ष लोकनाथ न्यौपानेले जानकारी दिनुभयो ।

 

आगामी वर्ष सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको खेलमैदानमा करिब ५० लाख लागत लाग्ने र सोको व्यवस्थापनका लागि कोशी प्रदेश तथा सङ्घीय सांसदहरू मार्फत आवश्यक पहल भइरहेको वडाध्यक्ष न्यौपानले उल्लेख गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट