अब उनीहरुको समस्या कसरी समाधान होला ?

भुटानी शरणार्थीहरुलाई इच्छा विपरीत कतै नपठाउन सर्वोच्चको आदेश

दमक, ५ बैशाख / सर्वोच्च अदालतले अमेरिकाबाट निष्कासित चारजना भुटानी शरणार्थी युवाहरूलाई उनीहरूको इच्छाविपरीत भुटान वा अन्य देशमा नपठाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

 

 

गत चैत ११ गते अशोक गुरूङ, सन्तोष दर्जी, रोशन तामाङ र आशीष सुवेदीलाई अमेरिकाले निष्कासन गरेर भुटानमा ल्याएर छोडेको थियो । नेपालको शरणार्थी शिविरबाट अमेरिका पुर्याइएका उहाँहरुलाई भुटानले जिम्मा बुझेपनि तत्काल त्यहाँ बस्न नमिल्ने भन्दै निष्काशन गरेपछि अलपत्र बनेर नेपालकै शिविरमा आउँदा उहाँहरु अध्यागमन् कार्यालयमार्फत पक्राउ पर्नुभएको थियो । पक्राउ चारै जनाले वन्दीप्रत्यक्षीकरणको रिट हाल्नु भएको थियो ।

 

सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फ्याँलको इजलासले उहाँहरूको इच्छाविपरीत अन्य देशमा निष्कासन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

 

 

आदेशमा भनिएको छ ‘निजको जीवन खतरामा पर्नेगरी निष्कासन गरी भुटानमा पठाइएको र पुनःभुटानबाट भारत हुँदै नेपालमा पठाई हाल थुनामा रहेको देखिँदा निजको मातापिता जुन कारणद्वारा भुटानबाट नेपालमा शरणार्थी भई आएका हुन्, त्यो परिस्थितिमा परिवर्तन नआएले निजहरू आफ्नो उत्पत्तिको देशमा स्वैच्छाले फिर्ता हुन नसकी पुनर्वासमा गएको अवस्थामा हाल नेपाली अध्यागमन अधिकारीबाट निजलाई भुटान अथवा निजले इच्छा नगरेको देशमा फिर्ता गर्दा ‘यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि–१९८४ को धारा ३ तथा यस अदालतबाट भएका विगतका निर्णय र नेपाललाई समेत प्रथाजनित कानुनको रुपमा लागू हुने फिर्ता नपठाउने सिद्धान्तको विपरीत हुने देखिँदा यी निवेदकहरूलाई भुटान तथा अन्य कुनै देशमा निष्काशन गर्नु नगराउनु ।’

भुटानबाट अरु सरह देशबाट लखेटिएर नेपालमा भुटानी शरणार्थीका रुपमा दर्ता भइ बस्नु भएको थियो । नेपालमा लामो समय बसोबास गरेपछि तेस्रो मुलुक अर्थात् (अमेरिका) मा पुनर्वासका लागि लगिएको थियो । अमेरिकाले निष्कासन गरेपछि उहाँहरु भुटानबाट भारत हुँदै नेपाल छिरेपछि पक्राउ परेर अध्यागमन विभागको मेची नगरपालिका–६ झापास्थित कार्यालयको थुनामा रहनु भएको थियो ।

 

 

अमेरिकाले आपराधिक गतिविधिमा सामेल भएको भन्दै देशनिकाला गरेर पठाएका तीनजना भुटानी शरणार्थी झापाबाट चैत १६ गते शनिबार दिउँसो समातिएका थिए । दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका ३६ वर्षीय आशीष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरिएको थियो । त्यसैगरी अर्का भुटानी युवा अशोक गुरूङ पनि पक्राउ पर्नुभएको थियो । प्रहरीले समातेका भुटानी शरणार्थी युवाहरूलाई अध्यागमन कार्यालय काँकडभिट्टामा पठाइएको थियो ।

 

अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई भारतले शरण दिन नमानेपछि नेपालै छिर्नुपरेको थियो । सर्वोच्चले पनि उनीहरूलाई कतै नपठाउन भनेपछि तत्काललाई अब नेपालमै शरण दिनुपर्ने अवस्था आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा