अनुशीलन

गणित र विज्ञान कविताका प्रयोगकर्मी अभागी थेगुवा

कवितामा पनि गणित र विज्ञान विषयलाई समावेश गरी फरक प्रस्तुतिमा कविता लेख्ने उहाँको चिनारी छ ।

दमक, ६ बैशाख / आफूले सानै उमेरबाट भोग्दै आएका विषम परिस्थिति । त्यस्ता परिस्थितिमाझ अलि भावुक स्वभावका मनबहादुर लिम्बूबाट मनका भाव कविता भएर पोखिदा पोखिदै उहाँलाई साहित्यमा ‘अभागी थेगुवा’को नामले चिनारी दियो ।

 

वि.सं. २०३० पुस १० गते तेह्रथुमको उम्फुवामा जन्मिनु भएका थेगुवा लामो समय झापाको तात्कालिन तोपगाछीको केरखाबाट हाल अर्जुधारा ११ मा बसोबास गर्दै पेशाले शिक्षण कर्ममा तल्लिन हुनुहुन्छ । आफूभित्रको सृजनशीलतालाई विद्यार्थीहरुमाझ समेत प्रस्तुत गर्दै ०५५ सालबाट शिक्षक भएर थाल्नु भएको चेतना कर्म पछिल्लो १० वर्षयता अर्जुनधारा ११ को महारानीगञ्ज माध्यमिक विद्यालयको प्रधानाध्यापकका रुपमा नेतृत्वदायी भूमिकामा उभिएको छ ।

 

०४७ सालताका साहित्य लेखनमा प्रवेश गर्नुभएका उहाँ विशेषगरी कविता र गजल लेख्न रुचाउनु हुन्छ । कवितामा पनि गणित र विज्ञान विषयलाई समावेश गरी फरक प्रस्तुतिमा कविता लेख्ने उहाँको चिनारी छ । उहाँको पहिलो संयुक्त र ऐतिहासिक कृति गजल संग्रह ‘शप्तकोशीको किनारबाट’ २०५४ सालमा प्रकाशित भयो । ०५७ मा कविता संग्रह ‘बुद्धले अस्त्र’ अनि ०६७ मा ‘हर्के, म अनि युद्ध’ नामक गजल काव्य नै तयार गर्नुभयो । उहाँको पछिल्लो कृति कविता संग्रह ‘सपनाहरूको बही’ २०८१ सालमा प्रकाशित छ ।

 

०५४ मा धरानबाट प्रकाशित साहित्यिक त्रैमासिक पत्रिका गुम्बज, ०५६ मा त्रिवेणी साहित्यिक मासिक पत्रिका झापा, नवरङ्ग साहित्यिक र समसामयिक अंक १/२ को २०५७ /०५९ मा सम्पादन गर्नुभएको छ ।

 

दमकस्थित चन्द्रसूर्य सीप विकास संस्था, झिल्लिका साहित्यिक संस्था, साहित्य कला संगम, साहित्य चौतारी बिर्तामोड, नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षी, ज्येष्ठ नागरिक प्रतिष्ठान अर्जुनधारा, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन, किराँत याक्थुङ चुम्लुङ, इटहरी, याक्थुङ लेखक संघसहितबाट उहाँ सम्मानित भइसक्नु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रमको २७ औं श्रृंखलामा साहित्य र जीवनसंग सम्बन्धित भलाकुसारी र सृजना प्रस्तुतिको यो भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक