अनुशीलन

पहाडको पैतालामा उभिएका चन्द्र सम्बाहाम्फे

पहिलो कृतिगत सन्तान कविता संग्रह ‘पहाडको पैताला’ लाई सृजना यात्रामा हिँडाउने तयारीमा हुनुहुन्छ ।

दमक, ९ बैशाख / केही न केही लेखिरहने नशाले परदेशमा झनै सृजना जन्मिने वातावरण बन्यो । अर्थात परदेशमा घरदेशको सम्झनाले दुख्ने मुटु अनि त्यहाँको संघर्षको कठीन भोगाईले झापा कमल गाउँपालिका ७ का साहित्यकार चन्द्र सम्बाहाम्फेलाई झनै सृजनशील बनायो ।

बाबु गंगाप्रसाद सुब्बा र आमा पुरकुमारी सुब्बाको सन्तानका रुपमा वि.सं २०३८ चैत २५ गते कमल ७ मा जन्मिनु भएका उहाँ विशेष गरी कविता, गजल र गीतमा कमल चलाउँदै आउनु भएको छ ।

स्वदेशमा देखेका र भोगेका भोगाईमा जन्मिएका अनि परदेशमा दुःखमा मौलाउने अवसर पाएका सृजनाहरुलाई यतिबेला चन्द्रले कृतिका रुपमा बाहिर ल्याउने तयारी गरिरहनु भएको छ । अग्लो हुनुभित्रको दम्भलाई प्रतिक मानेर पहिलो कृतिगत सन्तान कविता संग्रह ‘पहाडको पैताला’ लाई सृजना यात्रामा हिँडाउने तयारीमा हुनुहुन्छ । श्रीमती कुमारी थाम्सुहाङ र छोरी निङ्वा हाङमाको आत्मिय साथमा आफूलाई अझ उर्जाशील बनाएर सृजनकर्ममा तल्लिन हुनुहुन्छ ।

०६० को दशकको सुरुवातताका गजल लेखनको लहरमा लहरिँदै उहाँले लेखनयात्रा अघि बढाउने क्रममा दुबईमा रहँदा साथीसँगी मिलेर खडा गरेको सगरमाथा साहित्य प्रतिष्ठानमार्फत गतिविधि गर्न भ्याउनु भयो । कोषाध्यक्ष हुँदै हाल सो प्रतिष्ठानको संरक्षक सदस्य रहनु भएको छ ।

सांस्कृतिक मिथकलाई कविता, गजल र गीतमा उन्न शिपालु उहाँका हालसम्म ३ वटा गीत रेकर्ड भएका छन् । उहाँसँग सृजनाका सन्दर्भमा भएको भलाकुसारी र सृजना प्रस्तुति उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रमको २८ औं श्रृंखलामा प्रस्तुत छ, हेरौं भिडिओ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा