रूपन्देही, ९ बैशाख / रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– २ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ बालकको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलको गोताखोरले सोमबार पौडी खेल्दा बेपत्ता भएकामध्ये मङ्गलबार बिहान १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव नदीबाट निकालेको हो ।
बेपत्ता भएका बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।
बेपत्ता भएकामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ नै फेला परेको थियो ।









