जन्मदिनमा फजुल खर्च नगरी बालआश्रमलाई सहयोग

दमक, १२ बैशाख / झापाको दमकमा रहेको होलसेल व्यवसायी संघले शुक्रबार बाल आश्रममा खाद्यान्न, लत्ताकपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।

 

 

संघका अध्यक्ष राम रिमालले आफ्‌नो जन्मदिनको अवसर पारेर सो सामग्री वितरण गर्नुभएको हो । जस अन्तर्गत आश्रममा रहेका ३३ जना बालबालिकालाई एक एक जोर नयाँ कपडा, खाद्यान्न सामग्री र सबैलाई हुनेगरी शैक्षिक सामग्री वितरण गरिएको सस्थाका अध्यक्ष रिमालले जानकारी दिनुभयो । जन्मदिनमा बाहिर हुने फजुल खर्च घटाएर यसरी आश्रममा आएर सहयोग गर्दै जन्मदिन मनाउन पाउँदा आफुमा बेग्लै आनन्द महसुस भएको उहाँले बताउनु भयो ।

 

 

दमक ९ मा रहेको अनाथ बालबृद्धाश्रमकी कार्यवाहाक अध्यक्ष मेनुका बुढाथोथोकीले आश्रम यस्तै दाताको सहयोगबाट चलेको भन्दै जन्मदिन तथा अन्य अवसर पारेर सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्नु भएको छ ।

 

 

आश्रममा हाल ३३ जना बालबालिका आश्रय लिएर वसिरहेका छन् । विभिन्न सहयोगी सस्था, व्यक्ति तथा केही सरकारी नियकायको सहयोगमा सो आश्रम सञ्चालन भइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति