विमानस्थलमा हवाइ उडान पनि प्रभावित

सोलुखुम्बुमा हिमपातका कारण, सडक अवरुद्ध

 

 

 

झापा _____हिमाली जिल्ला सोलुखुम्बुमा बिहीबार रातिदेखि नै भारी हिमपात भइरहेको छ । दुई दिनदेखि मौसममा खराबी आएपनि हिमपात भने हिजो रातिबाट सुरु भएको हो । जिल्लाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा बाक्लो मात्रामा हिमपात भइरहेको हो ।

हिमपातका कारण सबै डाँडा र बस्तीहरु सेताम्मे भएका छन् । यो हिउँद यामकै बाक्लो हिमपात भएको हुँदा चिसोले जनजीवन कष्टकर भएको छ । खुम्जुङ, नाम्चेबजार, लुक्ला, सल्लेरी र पत्तालेमा सबैभन्दा बढी हिउँ परेको हो ।

नाम्चे बजारमा दुई फिटभन्दा बढी हिउँ जमेको छ भने जिल्लाको नाका पत्ताले बजारमा एक फिटभन्दा बढी हिउँ जमिसेकेको छ । ‘रातिदेखि लगातार हिउँ परिरहेको छ । एक फिटभन्दा बढी हिउँ सडकमा जमेको छ,’ पत्तालेका स्थानीय प्रकाश मगरले भने । हिउँ परेसँगै जिल्लाको सडक आवागमन ठप्प भएको छ ।

आज बिहान सोलुखुम्बुबाट बाहिरिने कुनै पनि सवारीसाधन पत्तालेबाट अगाडि बढ्न सकेका छैनन् । पत्तालेको करिब ५ किलोमिटरभन्दा बढी लामो सडकमा हिउँ जमेको छ । ‘दैनिक ४५ भन्दा बढी सुमो जिल्लाबाट बाहिरिने गरेका थिए । आज एउटा गाडी पनि पत्तालेबाट कट्ने सम्भावना छैन,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालले भने । आजै अवरुद्ध सडक खुलाउने सम्भावना नभएको उनको भनाइ छ ।

अहिले अधिकांश स्थानको तामक्रम माइनसमा झरेको छ । नाम्चे बजारको तापक्रम माइनस ६ डिग्री सेल्सियस हुँदा पत्तालेको तामक्रम माइनस २ डिग्री सेल्सियस रहेको छ ।

जिल्ला सदरमुकाम सल्लेरीमा पनि अहिलेसम्मकै सबैभन्दा धेरै हिउँ परेको छ । सल्लेरीमा धेरै मात्रामा हिउँ परेपछि बाहिरबाट कामको सिलसिलामा गएकाहरु हिउँमा रमाउन सुरु गरेका छन् । ‘यति धेरै हिउँ सल्लेरीमा अहिलेसम्म परेको थिएन,’ माछापुच्छ्रे बैंकका शाखा प्रबन्धक टेकबहादुर बस्नेतले भने, ‘सल्लेरीमै बसेर हिउाको मज्जा लिन पाइएको यो पहिलो पटक हो ।’

हिमपातका कारण बालबालिका तथा वृद्धवृद्धाहरु भने घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । अत्याधिक चिसोका कारण उनीहरु प्रभावित भएका हुन् । हिमपातका कारण नेपालकै सबैभन्दा धेरै विमानस्थल रहेको जिल्लामा सबै विमानस्थलमा हवाइ उडान पनि प्रभावित भएका छन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।