विमानस्थलमा हवाइ उडान पनि प्रभावित

सोलुखुम्बुमा हिमपातका कारण, सडक अवरुद्ध

 

 

 

झापा _____हिमाली जिल्ला सोलुखुम्बुमा बिहीबार रातिदेखि नै भारी हिमपात भइरहेको छ । दुई दिनदेखि मौसममा खराबी आएपनि हिमपात भने हिजो रातिबाट सुरु भएको हो । जिल्लाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा बाक्लो मात्रामा हिमपात भइरहेको हो ।

हिमपातका कारण सबै डाँडा र बस्तीहरु सेताम्मे भएका छन् । यो हिउँद यामकै बाक्लो हिमपात भएको हुँदा चिसोले जनजीवन कष्टकर भएको छ । खुम्जुङ, नाम्चेबजार, लुक्ला, सल्लेरी र पत्तालेमा सबैभन्दा बढी हिउँ परेको हो ।

नाम्चे बजारमा दुई फिटभन्दा बढी हिउँ जमेको छ भने जिल्लाको नाका पत्ताले बजारमा एक फिटभन्दा बढी हिउँ जमिसेकेको छ । ‘रातिदेखि लगातार हिउँ परिरहेको छ । एक फिटभन्दा बढी हिउँ सडकमा जमेको छ,’ पत्तालेका स्थानीय प्रकाश मगरले भने । हिउँ परेसँगै जिल्लाको सडक आवागमन ठप्प भएको छ ।

आज बिहान सोलुखुम्बुबाट बाहिरिने कुनै पनि सवारीसाधन पत्तालेबाट अगाडि बढ्न सकेका छैनन् । पत्तालेको करिब ५ किलोमिटरभन्दा बढी लामो सडकमा हिउँ जमेको छ । ‘दैनिक ४५ भन्दा बढी सुमो जिल्लाबाट बाहिरिने गरेका थिए । आज एउटा गाडी पनि पत्तालेबाट कट्ने सम्भावना छैन,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालले भने । आजै अवरुद्ध सडक खुलाउने सम्भावना नभएको उनको भनाइ छ ।

अहिले अधिकांश स्थानको तामक्रम माइनसमा झरेको छ । नाम्चे बजारको तापक्रम माइनस ६ डिग्री सेल्सियस हुँदा पत्तालेको तामक्रम माइनस २ डिग्री सेल्सियस रहेको छ ।

जिल्ला सदरमुकाम सल्लेरीमा पनि अहिलेसम्मकै सबैभन्दा धेरै हिउँ परेको छ । सल्लेरीमा धेरै मात्रामा हिउँ परेपछि बाहिरबाट कामको सिलसिलामा गएकाहरु हिउँमा रमाउन सुरु गरेका छन् । ‘यति धेरै हिउँ सल्लेरीमा अहिलेसम्म परेको थिएन,’ माछापुच्छ्रे बैंकका शाखा प्रबन्धक टेकबहादुर बस्नेतले भने, ‘सल्लेरीमै बसेर हिउाको मज्जा लिन पाइएको यो पहिलो पटक हो ।’

हिमपातका कारण बालबालिका तथा वृद्धवृद्धाहरु भने घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । अत्याधिक चिसोका कारण उनीहरु प्रभावित भएका हुन् । हिमपातका कारण नेपालकै सबैभन्दा धेरै विमानस्थल रहेको जिल्लामा सबै विमानस्थलमा हवाइ उडान पनि प्रभावित भएका छन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु