अनुशीलन

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन छैन, अर्थात उहाँ असत्य, राजनीतिक वादको पक्षमा नलाग्ने हिसाबले ‘उदासी’ उपनामले आफूलाई स्थापित बनाउनु भएको छ ।

 

भानुभक्त शिवाकोटी र जशोदा प्रसाई (शिवाकोटी) को साहिँलो सन्तानका रुपमा वि.सं. २०४१ माघ १८ साबिक फलैँचा–६, हाल याङ्वरक–२, तिम्तिम्बू, पाँचथरमा जन्मिनु भएका उहाँ झापाको दमक ४ सम्बन्ध टोलमा बसोबास गर्दै सृजनकर्ममा तल्लिन हुनुहुन्छ ।

 

२०५५ देखि साहित्य सिर्जना थाल्नु भएका उहाँ उपन्यास, गजल, गीत, कथा र कविता विधामा कमल चलाउँदै अनि सर्जकहरुको वायोग्राफी बनाएर प्रशारण गर्ने काममा पनि आफ्‌नो उस्तै सक्रियताको यात्रामा हुनुहुन्छ ।

 

उहाँको प्रकाशित पहिलो कृति ‘दाइजो’ उपन्यास हो, जो २०६४ मा प्रकाशित भयो । ६०६७ मा गजल संग्रह दोभानपारि बाबरी र २०७० मा श्रीमती वविता घिमिरेसँगको संयुक्त कथा संग्रह ‘म हराएको साँझ’ प्रकाशित छ । उहाँको कविता संग्रह ‘पानीको पर्खाल’ प्रकाशनको संघारमा छ ।

विभिन्न साहित्यिक पत्रिकाको सम्पादन तथा रेडियोमा गजलसहितका साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आउनु भयो । २०६३ मा स्थापित उर्लाबारी क्याम्पस साहित्य मञ्चका संस्थापक उहाँ उर्लाबारी गजल मञ्चमा २०६१–२०६९ सम्म अध्यक्ष भएर गजलको प्रवद्र्धन र विस्तारमा लागिपर्नुभयो । उर्लाबारी क्याम्पस साहित्य मञ्चको पूर्व अध्यक्ष तथा नेपाली साहित्य समाज, उर्लाबारीको पूर्व महासचिव रहेर सृजना क्षेत्रमा आफ्‌नो प्रभावकारी उपस्थिति जनाउन भ्याउनु भयो ।

 

दीपज्योति युवा कविता प्रतियोगिता २०६६, कारितास कविता प्रतियोगिता २०६८,साहित्य कला संगम, खुल्ला कविता प्रतियोगिता २०७१ मा प्रथम बनेसँगै अन्य दर्जन बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित हुँदै अहिले आफूलाई सृजना प्रवद्र्धनको अभियानमा सामेल गर्नुभएको छ ।

 

पछिल्लो समय उहाँ व्यवसायिक गीत लेखनमा तल्लिन बन्नु भएको छ । नेपाली चलचित्रका लागि समेत गरेर उहाँका हालसम्म ५ दर्जन गीत रेकर्ड भएका छन् । रेडियो नेपालले आयोजना गरेको ०८० सालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायक गौरव दर्पणले गाएको ‘म घुम्टो उघार्छु’ बोलको गीतले प्रथम स्थान हाँसिल गरेको थियो । उज्यालो खबररेडियो किङ्ग एफएम १०४.१ मेगाहर्जको कार्यक्रम ‘अनुशीलन’ मा उहाँका सृजनायात्राका बारेमा गरिएको कुराकानी भिडिओमा हेरौं :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी