एनसेल सुपरलिग फुटबलको आज फाइनल

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना गर्ने कार्यक्रम छ ।

 

दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा साँझ ६ बजे फाइनल खेल प्रतिष्पर्धा सुरु हुनेछ ।

 

ललितपुरले लिग चरणमा सबै ६ खेलमा अपराजित रहँदै क्वालिफायर वानमा स्थान बनाएको थियो ।
पोखराले भने सुरुवाती दुई खेलमा पराजित हुँदै लिग सुरुवात गरेको थियो । तर लिगमा त्यसपछिका ४ र प्लेअफमा २ गरी पोखरा पनि पछिल्ला ६ खेलमा अपराजित रहेको अवस्था छ ।

 

यी दुवै टिमले फाइनल पुग्ने क्रममा एकै टिम धनगढी एफसीलाई हराएका थिए । ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो भने पोखराले दोस्रो क्वालिफायरमा धनगढीलाई नै १–० ले हराएर पहिलो पटक फाइनलमा स्थान बनाउन सक्यो ।

 

दोस्रो संस्करणको अन्तिम ३ खेल र यस पटकको ७ गरी ललितपुर लगातार १० खेलमा अपराजित छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट