देशभर प्रदर्शन

दमकका शिक्षक भन्छन् – ‘हामीलाई लोकतान्त्रिक शिक्षा ऐन चाहियो’

‘शिक्षकको माग पुरा गर्दा सत्ताधारीहरुको खर्च घट्ने चिन्ताले आन्दोलनलाई लिंगरिङ गरिरहेको छ ।’

दमक, १५ बैशाख  । शिक्षक आन्दोलन भएको आज २७ दिन भयो । तरपनि न समस्या समाधान गर्ने निकाय झुक्न चाहेको छ न समस्या सुनाउनेको आवाज घटेको छ ।

हिजो संघीय राजधानी काठमाडौ केन्द्रित आन्दोलन अहिले देशव्यापी हुन थालेको छ । यही क्रममा सोमबार दमकको गणतन्त्र चोकमा पनि यस क्षेत्रका शिक्षकहरुले प्रर्दशन गरेका छन् ।

 

‘शिक्षा ऐन जारी गर’ ‘शिक्षक माथीको प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाएको आवाजले दमक चोक गुन्जिएको थियो । गणतन्त्र चोकमा शिक्षकहरुले आफ्‌नो स्थानीय तहका नेता, जनप्रतिनिधिलाई पनि बुझाउन भन्दै लगाइएको नारा हो । सयौं संख्यामा सहभागी शिक्षकहरुले कोणसभाको आयोजना गर्दै सरकारलाई गणतान्त्रिक शिक्षा ऐन जारी गर्न माग गरेको सो क्रममा गौरादहस्थित जनता माविका प्रधानाध्यापक रत्न कट्वालले बताउनु भयो ।

 

राज्य संयन्त्र सामुदायिक विद्यालयको शिक्षा मासेर निजी विद्यालयलाई प्रोत्साहन गर्न लागि परेको आरोप लगाउँदै शिक्षक महासंघ गौरादहका अध्यक्ष लिलानाथ गौतमले भन्नु भयो ‘शिक्षकको माग पुरा गर्दा सत्ताधारीहरुको खर्च घट्ने चिन्ताले आन्दोलनलाई लिंगरिङ गरिरहेको छ ।’

 

राज्यले धरपकड गरेपछि सडक प्रदर्शनरत नेपाल शिक्षक महासंघले त्यसखाले दमनको विरोधमा आफूहरुलाई समर्थन गर्न सबै पेशागत संस्था, शिक्षा सरोकार समूह एवं सबै नेपालीलाई अपील गरेको छ । २५ दिन सम्म शान्तिपूर्ण रुपमा जारी सडक प्रदर्शनको २६ औं दिनमा केही शिक्षकले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्दा आइतबार प्रहरीले धरपकड गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा