पथरी शनिश्चरे नगरस्तरीय सिंगिङ तथा डान्सिङ आइडल हुँदै

पथरी, १६ बैशाख / मोरङको पथरी शनिश्चरेमा पहिलो पटक पथरी शनिश्चरे नगरस्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल २०८२ हुने भएको छ ।

 

२०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा बैशाख २६ गतेबाट गायन र नृत्यको आइडल हुने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । समितिका अध्यक्ष धनराज राई अमीरले चार चरणमा हुने प्रतियोगिताको पहिलो चरणको खुला अडिसन बैशाख २६ गते हसन्दह बजारमा र २७ गते पथरी बहुमुखी क्याम्पसमा हुने जनाउनु भयो । उहाँले नगर बाहिर बस्ने नगरवासीका लागि भनें भर्चुअल अडिसन समेत गरिने उल्लेख गर्नुभयो ।

 

दोस्रो चरणको छनोट कार्यक्रम जेठ ३ गते पथरी बहुमुखी क्याम्पसमा हुनेछ, जसबाट उत्कृष्ठ २०/२० जनाको छनोट गरिने छ । तेस्रो चरण जेठ १० गते एभरेष्ट बोर्डिङमा सञ्चालन गरी उत्कृष्ठ १० /१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हरियाली सामुदायिक वन समूहको हलमा हुने तय भएको पनि अध्यक्ष राईले पत्रकारहरुलाई जानकारी गराउनु भयो ।
फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको पनि जानकारी गराइएको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

 

विगत ७ वर्षदेखि यसखाले कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा गत वर्ष प्रथम पोएट आइडल सञ्चालन भएको र यो वर्ष प्रथम सिंगिङ तथा डान्सिङ आइडल सञ्चालन गरिने तयारी भएको सचिव लक्ष्मीप्रसाद फूयाँलले जनाउनु भयो । पत्रकार सम्मेलनमा गीत संगीत विभाग प्रमुख अर्जुन सेञ्चुरी, नृत्य विधाका संयोजक रामबहादुर विश्वकर्माले विधागत प्रतियोगिताको सम्बन्धमा प्रष्ट्याउनु भयो । कार्यक्रममा समितिका सल्लाहकारका रुपमा रहनु भएका सर्जक एवम् पत्रकार भूपेन्द्रराज तिम्सिना, पथरी शनिश्चरे सूचना संयोजक सन्तोष राईसहितका स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप