लाइब्रेरीको रचना वाचन र कृति परिचर्चा

दमक, १९ बैशाख / नेपाल लाइब्रेरी फाउण्डेशन झापाले शुक्रबार दमकमा एक कार्यक्रम आयोजना गरी रचना वाचन तथा कृति परिचर्चा  सम्पन्न गरेको छ ।

 

गृह पुस्तकालय अभियान अन्तर्गतको सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गोपालप्रसाद भण्डारीले दमकमा साहित्यिक गतिविधिसँगै पठन संस्कृतिका लागि थालिएको गृह पुस्तकालय कार्यक्रमलाई प्रभावकारी बनाएर लानुपर्नेमा जोड दिनु भयो ।

 

सो अवसरमा साहित्यकारहरु विन्दु दाहाल मुकदर्शक, विवेक क्षेत्री दुलाल, घनश्याम पथिक, कृष्ण उदासी, उज्यालो खबरका सम्पादक सर्जक भूपेन्द्रराज तिम्सिनालगायतले रचना वाचन गर्नुभएको थियो ।

फाउण्डेशन जिल्ला अध्यक्ष डा. लेखनाथ न्यौपानेको अध्यक्षताको कार्यक्रममा न्यौपानेकै कविता कृति ‘मेरो देश’को परिचर्चा गरिएको थियो । सो सन्दर्भमा साहित्यकार गोपालप्रसाद दाहाल र रामप्रसाद उपाध्यायले कृतिमाथि संक्षिप्त समीक्षा प्रस्तुत गर्दै कृतिले नेपालको समग्रता समेटेको उल्लेख गर्नुभयो । साथै उहाँले कृतिकार न्यौपानेको व्यक्तित्वमाथि समेत प्रष्ट्याउनु भयो ।

 

कार्यक्रममा साहित्यकार झाँक्रीखोले विष्णु न्यौपानेको जीवनी कृति ‘किनाराको एक्लो मान्छे’ र बासु काफ्‌लेले शिव खेडाको पुस्तकमाथि चर्चा गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय