काठमाडौँ महानगरपालिकाका वडा सदस्यविरूद्ध भ्रष्टाचार मुद्दा  

 

 

काठमाडौँ_____ काठमाडौँ महानगरपालिका-१४ का वडा सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडा सदस्य महर्जनविरुद्ध दुई लाख रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

उनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।  अनुसन्धानको क्रममा वडा सदस्य महर्जनले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज वसन्त महर्जनलाई बिगो रु। २,००,००० ।– (दुई लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।

’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।