वामपन्थी नेता प्रदीप नेपालको निधन

नेपालको इच्छा अनुसार उहाँका लागि पार्टीको झण्डा नओढाउने र श्रद्धाञ्जलीको कार्यक्रम राख्ने काम भएन ।

काठमाडौं, २३ बैशाख / लामो समय पार्किन्सनका कारण थला पर्नुभएका वामपन्थी नेता एवम् साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

 

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वमन्त्रीसमेत रहनु भएका प्रगतिशील लेखक नेपालको निधन भएको परिवारले जनाएको छ । उहाँको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मंगलबार साँझ नै अन्तिम संस्कार गरिएको छ । पूर्वमन्त्री नेपाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,अर्थमन्त्री विष्णु पौडेल लगायत कम्युनिष्ट नेताहरुले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

नेपालको इच्छा अनुसार उहाँका लागि पार्टीको झण्डा नओढाउने र श्रद्धाञ्जलीको कार्यक्रम राख्ने काम भएन । उहाँले आफ्नो निधन हुनु केही दिनअघि लेखेको इच्छापत्रमा श्रद्धाञ्जली कार्यक्रम नराख्न र झण्डा पनि नओढाउन भन्दै यस्तो लेख्नु भएको थियो ‘मेरो मृत्युपछि कुनै तामझाम नगर्नू । मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि पनि कतै नराख्नू ।’

 

 

भोजपुरको पोखरेमा २०१० साल पुस २६ गते जन्मिनु भएका नेपाल काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएसँगै राजनीतिबाट टाढिनु भएको थियो । एमालेमा कडा मिजासका बौद्धिक नेताका रुपमा परिचित उहाँ ०७८ सालमा नेकपा एमाले विभाजित भएदेखि तनाव मानेर राजनीतिबाट टाढिनु भएको थियो ।

 

वैचारिक र सृजनशील नेताका रुपमा परिचित उहाँले पत्रपत्रिका र अनलाइनहरूमा विचारोत्तेजक लेखहरू लेखिरहनु भयो । पार्किन्सन भएपछि भने उहाँ काँडाघारीस्थित निवासमै सीमित बन्नु भएको थियो । केहीदिन अघि अस्पताल भर्ना भएका उहाँलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो।

 

नेता नेपाल नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री तथा त्यसपछि शिक्षामन्त्री पनि बन्नु भयो ।
नेपालले २०६४ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालनु भएको । उहाँले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यका रुपमा राजनीति थाल्नु भएको थियो । नेपालले एमालेमा सक्रिय हुन्जेल गुटको विरोध गरिरहनु भयो ।

 

साहित्यमा पञ्चायतकालको भूमिगत अवस्थामा सञ्जय थापाको नामले सक्रिय उहाँले रत्नकुमार वान्तवाको स्मृतिमा ‘देउमाईको किनारमा’ कृति लेख्नु भएको थियो । पछि त्यो कृतिलाई उर्लाबारीका प्रेम शेर्मा माङ्जाबुङ्गेको निर्देशनमा चलचित्र निर्माण गरिएको थियो ।

 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ। कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा नेपालले खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने घिमिरेले बताउनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय