पथरीशनिश्चरे खेलकुद महोत्सव 

अर्सितको ह्याट्रिकसंगै प्रभात फाइनलमा

 

पथरीशनिश्चरे, २६ बैशाख / अर्सित कार्कीको ह्याट्रिक संगै प्रभात सामुदायिक फुटबल क्लब पथरीमा जारी फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

 

 

पथरी रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइनलमा प्रभातले नाजरिन फुटबल क्लबलाई ४-० ले स्तब्ध बनाउँदै फाईनल यात्रा तय गरेको हो ।

 

 

प्रभातका लागि सुरुवाती ११ मिनेटमा नै स्ट्राईकर अर्सित कार्कीले पहिलो गोल गर्दै आफ्नो टिमको लागि खाता खोल्नु भयो  । दिपेन माझिले हानेको फ्री-किक पोलमा ठोक्किएर फर्केपछि अर्सितले गोल गर्नु भयो  ।

 

 

खेलको १८ औं मिनेटमा प्रभातका क्याप्टेन सुरज राउतले गोल गर्ने सुन्दर अवसर पाएपनि गोल गर्न सफल हुनु भएन। उहाँको प्रहार पोलमा ठोक्किएर बाहिरिएको थियो ।

 

 

नजरिनका दिवान राईले २९ औं र ३२ औं मिनेटमा पाएको गोल गर्ने अवसर पनि खेर फाल्नु भएको थियो  । उहाँको दुवै प्रहार पोल माथिबाट बाहिरिएको थियो ।

 

 

पहिलो हाफमा १-० ले अग्रता लिएको प्रभातले दोस्रो हाफको शुरूवातमा गोल गर्ने अवसर पाए पनि जर्सी नं १३ का खेलाडी समीर याक्खाले गोल गर्न सक्नु भएन । याक्खाले गोल गर्ने दुईवटा सुन्दर अवसरहरु खेर फालेपनि ४९ औं मिनेटमा धिरेन क्षेत्रीले गोल गर्दै क्लबलाई २-० को अग्रता दिलाउनु भयो ।

 

खेलको म्यान अफ द म्याच घोषित स्ट्राईकर अर्सित कार्कीले ६० औं मिनेटमा उत्कृष्ट गोल गर्नु भयो भने ३० सेकेन्ड बित्न नपाई पुनः १ गोल थपेर ह्याट्रिक पूरा गर्नु भयो ।

 

४-० को जित निकाल्दै फाईनलमा प्रवेश गरेको प्रभातले भोलि हुने देविगञ्ज फुटबल क्लब र सुनौलो कल्याण फुटबल क्लब बिचको दोस्रो सेमिफाइनलको विजेतासंग वैशाख ३० गते फाईनल खेल्नेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको