दमक खेलकुद महाेत्स

क्रिकेटमा वडा नम्बर ६ , फुटबलमा वडा नम्बर ९ र १० बिजयी

दमक,  बैशाख २६ –  दमक नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सव अन्तर्गत क्रिकेट प्रतियोगीतामा आज सम्पन्न पहिलो खेलमा वडा नम्बर ६ बिजयी भएको छ । वडा नम्बर ६ ले वडा नम्बर ३ लाई १० रनले पराजित गरेको हो ।

यस्तै महोत्सब अन्तर्गत हिजोदेखी सुरु फुटवल खेलका प्रतिष्पर्धा अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वडा नम्बर ९ बिजयी भएको छ । वडा नम्बर ९ ले वडा नम्बर ७ लाई ट्राईब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा दुबै तर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकबाट लिईएको थियो ।

यस्तै आजै सम्पन्न दाेश्राे खेलमा वडा नम्बर १० बिजयी भएकाे छ । वडा नम्बर १०ले वडा नम्बर १ लाई २-१ गाेल अन्तरले पराजित गरेकाे हाे ।

महोत्सवको औपचारिक उद्धघाटन भने भोलि हुने महोत्सव संयोजक तारा अधिकारीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको