जीवन स्मृतिबाट नयाँघरेसहित पाँच स्रष्टा सम्मानित हुने

दमक, २८ बैशाख / जीवन स्मृति प्रतिष्ठान झापाले जीवन स्मृति पुरस्कारका लागि प्रतिभा छनौट गरेको छ ।

 

प्रतिभा छनौट समितिको सिफारिसमा कार्यसमितिले जीवन स्मृति पुरस्कार २०७८ का लागि स्रष्टा लीला उदासी, २०७९ का लागि मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरे, २०८० का लागि कलाकार बिक्रमश्रि र २०८१ का लागि कथाकार रीता ताम्राकारलाई प्रतिभा छनौट गरेको छ । युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि सर्जक चोमू शेर्पा खुशीलाई छनौट गरेको संस्थाका सचिव धनकुटे कान्छाले जानकारी गराउनु भयो । प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

 

ती पुरस्कारहरु जीवन आचार्यको स्मृति दिवसको अवसरमा जेठ महिनामा कार्यक्रम गरी प्रदान गरिने छ । जीवन स्मृति प्रतिभा पुरस्कार जनही २०,१११ नगद र ताम्रपत्र साथै जीवन स्मृति युवा पुरस्कार १०,१११ नगद र ताम्रपत्र सहितबाट पुरस्कृत गरिनेछ ।

 

जीवन आचार्य चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकारका रुपमा ०३० को दशकदेखि चर्चा कमाएका दमकका सर्जक हुनुहुन्थ्यो । उहाँको नाममा जीवन स्मृति प्रतिष्ठान स्थापना भइ हरेक वर्ष संस्थाले प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय