कर्णालीका छोरीको व्यथा

जातीय विभेददेखि अझै छाउपडी प्रथाबाट जकडिनुपरेको गुनासो

छोरीका मनका कुरा’ सत्रमा सहभागी सबैजसो किशोरीका मनका कुरा एकै खालका थिए ।

सुर्खेत, बैशाख २८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउन्डेशनले गरेको ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो दिन आइतबार भेला भएका थिए कर्णालीका छोरीहरू । उहाँहरुले पहिलोपटक धक फुकाएर मनका कुरा खोल्न पाउनुभयो । कार्यक्रमको नामै थियो–कर्णाालीका छोरीसँग मनका कुरा ।

हुम्लाको ताजाकोट गाउँपालिकाकी सपना शाहीले अहिलेसम्म आफ्ना मनका कुरा कसैलाई नसुनाउने गरेको बताउनभुयो । ‘मेरो मनका कुरा अरुलाई सुनाउँजस्तो पनि लाग्दैन । म आफ्ना मनका कुरा म आफैलाई सुनाउँछु । मभित्र एउटा जनावर छ । हामी प्रत्येक भित्र एउटा जनावर छ । यसले हामीलाई गाइड गरेको हुन्छ ।’सपना भन्नुहुन्छ–् ’जबसम्म हामीले यसलाई गाइड गर्दैनौ यसले हामीलाई सही मार्ग दिन सक्दैन । त्यसैले म सकारात्मक भावका साथ मेरा मनका कुरा म आफैलाई सुनाउँछुु ।’

शाहीले महिनावारीका समयमा निकै कष्ट व्यहोर्नु परेको सुनाउनभुयो । शिक्षित समाजमा अझै पनि महिनावारी भएको समयमा गोठमा बस्नुपर्ने प्रथाजनित गलत संस्कारको सिकार बन्नुपरेको तीतो यथार्थ पनि शाहीले व्यक्त गर्नुभयो । परिवार र समाजले स्वीकार्न नसक्दा महिनावारीको समयमा पशुसरहको विभेद खेप्नुपरेको गुनासो पनि शाहीले पोख्नुभयो ।

उत्तरी नाम्खा गाउँपालिकाकी लामु तामाङले भने आफ्नो मनभित्रको कुरा आमालाई सुनाउने गरेको बताउनभुयो । ‘सर्वप्रथम आफ्नो मनको कुरा ममीसँग सेयर गर्छुु । तर सबै कुरा सेयर गर्न सकिदैन । डिटेलमा सेयर त आफैसँग गर्छु । अहिलेसम्म अन्य साथीहरुसँग मनका सबै कुरा सेयर गर्दिनँ । मेरा मनका कुरा सबैले सुनिदिउन जस्तो पनि लाग्दैन,’ तामाङले भन्नुभयो ।

हुम्लाकै खार्पुनाथ गाउँपालिकाकी रश्मी परियार पनि छोरी सम्मेलनमा आफ्ना कुरा सुनाउन आउनुभएको थियो । उहाँले जातकै कारण समाजबाट भोग्नु परेको विभेदले निकै पिरोल्ने गरेको सुनाउनुभयो । ‘हाम्रो गाउँमा जातिय छुुवाछुत निकै छ । मान्छे मरेपछि तिमीहरु तल्लो जातले छुनु हुँदैन भन्छन् । हामीजस्ता गरिवलाई हेपिन्छ,’ उहाँले भन्नुभयो । आफूहरुलाई जातकै आधारमा विभेद गरिदा अपहेलित हुनुपरेको दुखेशो परियारको छ । जातीय विभेद आफुलाई मन नपर्ने उल्लेख गर्दै उहाँले नाम पछाडिको थरले जतातै विभेद भोग्नु परेको गुनासो गर्नुभयो । उहाँले पनि महिनावारीको विभेदबाट थिचिएको अनुभूति सुनाउनुभयो ।

सर्केगाड गाउँपालिकाकी आस्था शाहीको मनमा महिनावारी गहिरो गरी बसेको छ । महिनावारी नियमित प्रक्रिया हो भन्ने त उहाँलाई थाहा छ, तर परिवार र समाजको स्वीकार्यका अघि उहाँको केही चल्दैन । शाहीलाई आफ्ना बाबुआमाबाट टाढा भएर शिक्षा लिनुपरेको पटक्कै मन परेको छैन । परिवारसँगै बसेर शिक्षा लिन नपाउने अवस्थाले निकै पिरोल्ने गरेको अुनभुति शाहीको छ । आफ्ना परिवारसँगै बसेर उच्च शिक्षा लिन पाए हुन्थ्यो भन्ने उहाँको मनमा छ ।

यस्तै, सिमिकोट गाउँपालिकाकी सञ्चिता भण्डारीले बालविवाहले कयौ छेोरीको भविष्य अन्धकारमा धकेलिने अवस्था रहेको बताउनभुयो । उहाँ मात्रै होइन ‘छोरीका मनका कुरा’ सत्रमा सहभागी सबैजसो किशोरीका मनका कुरा एकै खालका थिए ।
श्री ज्योति फाउन्डेशन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट