हावाहुरीको वितण्डा

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ ।

आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर नगरपालिका वडा नं.१५ गाईनाबारी स्थित धुलाबारी बस्ने कपिल क्षेत्री लगायतले सामुहिक रुपमा संचालन गरेको कामक्ष इण्डष्ट्रिज प्राईभेट लिमिटेड (प्लाई उद्योग) मा पानी संगै आएको हावा हुरीले पिलिङ भवनको पश्चिम साईडको ट्रस,जस्ताले बनेको छाना उडाएको छ भने सोहि ठाँउमा जडान गरेको १ वटा CCTV क्यामेरा समेतमा फुटाएको छ । जसको मुचुल्का बनाउदा प्रहरीले २ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै दमक नगरपालिका वडा न. ८ बस्ने बर्ष ५५ को दुर्गा प्रसाईले संचालन गरेको दुर्गा काटा गल्ला भण्डारमा ( फापर, धान, मकै) स्टोर गरेको हलको ३५ वटा जस्ता पाता पुर्ण रुपमा उडाएको र छानाको भागमा रहेको फलामको पाईपहरु समेत बाङ्गिई क्षती भएको र उक्त स्टोर हलको भित्र रहेको ५५/६० बोरा फापर समेत पानीले असर गरेको प्रहरीको रिपोर्टमा उल्लेख गरिएको छ । यो घटनाबाट प्रसाईको एक लाख पँचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी हल्दिबारी गाउपालिका वडा न. ४ बलटोल बस्ने वर्ष ६९ को सकलदिप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तीन कोठे कच्चि घर पानी संगै आएको हावा हुरीले उडाई पुर्ण रुपमा क्षति हुदा एक लाख पचास हजार बराबरको क्षति भएको छ ।

हावाहुरिकै कारण दमक नगरपालिका वडा न. ४ संगम चोक बस्ने बर्ष ३८ की कमला अधिकारीको डेढ तले पक्की घरको माथीको तलाको सिडी छोप्ने जस्ता उडाएको र जसबाट अधिकारीलाई तिस हजार बराबरको क्षती भएको प्रहरीले सार्बजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

यस्तै यहि ठाउमा बस्ने वर्ष ५२ को भिम प्रसाद सिक्देलको पक्की घरको माथिलो तलाको दुई वटा कोठाको जस्ता उडादा साठ्ठी हजार बराबरको क्षति भएको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट