दीपिनीमार्ग १० दिनपछि खुला

भत्काएको सडक तत्काल कालोपत्रे गर्ने ठेकेदारको प्रतिवद्धता

कालोपत्रेको काम नथालिए पुनः सडक बन्द गर्ने उपभोक्ता समितिको निर्णय ।

दमक, ७ जेठ / सडक निर्माणको सुनिश्चितता नभएसम्म दीपिनी मार्गको सडकको ढाट नखोल्ने स्थानीयको १० दिनदेखिको अडानपछि सम्बन्धित पक्षले कालोपत्रेको प्रक्रिया थाल्ने प्रतिवद्धता जाहेर गरेको छ ।

 

ढल निकासको पाइप विछ्याउन भत्काएको सडक लामो समयसम्म त्यसै अलपत्र पारेर छोडिएको विषयमा दमक ५ स्थित दीपिनी मार्गका बासिन्दाले गत बैशाख २९ गतेबाट सडकमा ढाट लगाएर अवरोध गर्दै आएका थिए । नगरपालिका कार्यालयले मंगलबार दीपिनी मार्ग उपभोक्ता समितिलाई पत्र पठाई ठेकेदार पक्षबाट दु्रत गतिमा निर्माण कार्य थाल्ने प्रतिवद्धता जनाएको भन्दै सडकको अवरोध खोल्न अनुरोध गरेपछि बुधबार बिहानबाट समितिले ढाट खोलेको छ । दीपिनी मार्ग सडक उपभोक्ता समिति अध्यक्ष टेकेन्द्र बुढाथोकीले सर्त बमोजित सडकमा कालोपत्रे गर्ने कार्य नभएमा समितिले पुःन सडक अवरोध गर्ने जनाउने निर्णय गरिएको जनाउनु भयो ।

 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ठेक्काको जिम्मा दिएको श्री जेएससी स्वामिनारायण आशिर्वाद जेभीले दु्रत गतिमा ह्यूम पाइप विछ्याएर कालोपत्रे गर्न प्रतिवद्धता जनाएको नगर प्रमुख रामकुमार थापाले उल्लेख गर्दै अवरोध खोलेर सहज वातावरण बनाउन समितिलाई पत्राचार गर्नुभएको थियो । सगरमाथा पेट्रोलपम्पदेखि उत्तर दीपिनीमार्ग हुँदै रातोपुलसम्मको सडक पुनःनिर्माण गर्ने क्रममा लाइफ लाइन अस्पताल अगाडिको भागमा गिट्टी हाल्न थालिएको छ ।

 

२ महिना अघि सडक भत्काएर त्यसै अलपत्र छोडेपछि धुलो, हिलो र खाल्डा खुल्डीले स्थानीय हैरान भएपछि तत्काल सडक निर्माण कार्य थाल्न बैशाख ३० गते वडा कार्यालय र दमक नगरपालिका कार्यालयमा ३ वुँदे ज्ञापनपत्र बुझाएका थिए । यलम्बर चोक क्षेत्रमा स्थानीय आन्दोलित हुँदै सो क्षेत्रमा सुरुमा ढाट लगाएर सडक अवरोध कार्य थालेका थिए ।

 

ढलको पाइप विछ्याउन भत्काइएको सडक ०८१ चैत मसान्तभित्रमा कालोपत्रे गर्ने भनेर सम्झौता भएपनि ढलको पाइप मात्रै विछ्याएर सडक त्यसै अलपत्र पारेपछि समस्या भएको बताउनु भयो । गत बैशाख २४ गते मन्त्रालयका प्रतिनिधि, आयोजना प्रमुख, नगर प्रमुख, ठेकेदार पक्षसहितको सहभागितामा सो सडक सम्बन्धि छलफल भएको र एक साताभित्र काम थाल्ने सहमति गरेको भएपनि काम नथालिएपछि स्थानीय आन्दोलित बनेका थिए ।

 

सो सडकखण्डको पूर्वी किनारमा ५ नम्बर वडा कार्यालय र पश्चिम किनारमा दीपिनी आधारभूत विद्यालय समेत पर्दछ । वडा कार्यालय अगाडि नै सडक खाल्डो परेर सिटी सफारी दुर्घटना समेत भएको अवस्था छ । धुलोले पसलका सामानहरु बिग्रिनु मात्र नभई मानिसहरु विरामी समेत पर्न थालेको स्थानीयको पीडा छ । सडक भत्काएर बीच बीचमा पाइप विछ्याइपनि लामो समय त्यसै अलपत्र छोडेपछि खाल्डा खुल्डी परेर पाइपमा माटो भरिएर काम नलाग्ने अवस्थामा पुगेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट